July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

टेकनाथ रिजाल :नक्कली भुटानीको नाममा पैसा उठाउँदैछन् है भन्दा शीर्ष नेताहरुले वास्ता गरेनन्

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १६:५१
टेकनाथ रिजाल :नक्कली भुटानीको नाममा पैसा उठाउँदैछन् है भन्दा शीर्ष नेताहरुले वास्ता गरेनन्

 काठमाडौं ।।

  • नक्कली भुटानी शरणार्थी प्रकरण
  • यो प्रकरण बाहिर आउनुभन्दा पहिल्यै उच्च सरकारी तहमा भएको बदमासीबारे जानकारी गराएको थिएँ
  • नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले गम्भिरतापूर्वक लिएनन्
  • अहिले म आफैंलाई यस्तो भयो
  • मैले एक वर्ष पहिल्यै प्रहरी वृत्त, गौशालामा निवेदन दिएको थिएँ
  • त्यसमा कुनै अनुसन्धान भएन,
  • ५ लाख रुपैयाँको दरले उठाउन खोजेको भन्ने सूचना पाएलगत्तै आफूले सरकारी तहमा जानकारी गराएं
  • अदालतमा सबैभन्दा बलियो बयान मैले नै दिएको छु
  • ‘अहिले म यो लडाइँमा एक्लै छु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले आफूले यो प्रकरण बाहिर आउनुभन्दा पहिल्यै उच्च सरकारी तहमा भएको बदमासीबारे जानकारी गराएको बताएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेटेर भुटानी शरणार्थीका नाममा रकम उठाउने काम भएको भनेर जानकारी गराउँदा कसैले गम्भिरतापूर्वक नलिएको उनले बताए ।

थुनछेक बहसका क्रममा काठमाडौं जिल्ला अदालत लगिएका अधिकारवादी नेता रिजालले भने, ‘यो घटनाबारे हल्लाखल्ला हुनुअघि नै मैले शीर्ष नेताहरु र उच्च सरकारी अधिकारीलाई भेटेर घटनाबारे जानकारी गराएको थिएँ । वास्ता गरेनन्, अहिले म आफैंलाई यस्तो भयो ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा रिजालविरुद्ध पनि किटानी जाहेरी परेपछि प्रहरीले उनलाई ४ जेठमा झापाबाट काठमाडौं बोलाएको थियो । त्यसपछि काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका उनले मुद्दा अदालत लैजाने बेलामा रहस्यमय रुपमा आफूविरुद्ध प्रेमराज पन्थीको किटानी जाहेरी परेको बताए ।

‘उनले मेरो घरमा तोडफोड गरेपछि मैले एक वर्ष पहिल्यै प्रहरी वृत्त, गौशालामा निवेदन दिएको थिएँ’, उनले थपे, ‘त्यसमा कुनै अनुसन्धान भएन, अहिले उनकै जाहेरी मविरुद्ध पर्यो ।’

केही व्यक्तिहरुले आफ्नो नाम लिएर ‘यिनले के सहयोग गर्छन्’ भन्दै शिविरमा ५ लाख रुपैयाँको दरले उठाउन खोजेको भन्ने सूचना पाएलगत्तै आफूले सरकारी तहमा जानकारी गराएको रिजालले बताए । ‘अदालतमा सबैभन्दा बलियो बयान मैले नै दिएको छु, मैले कसैबाट यसमा फाइदा लिएको छैन’, उनले दाबी गरे, ‘भुटानी आएका नागरिक भनेकाले मैले ९-१० वटा कागजमा हस्ताक्षर गरेको थिएँ, मैले जे हो, सत्य कुरा बोलेको छु ।’

आफूले विगतमा पनि यस विषयलाई लिएर शीर्ष नेताहरुलाई भेटेको बताउँदै उनले भने, ‘अहिले म यो लडाइँमा एक्लै छु, सबै एकातिर म अर्कोतिर भएको छु, न्याय पाउनेमा विश्वस्त छु ।’ अहिले जिल्ला अदालत, काठमाडौंमा १७ जना प्रतिवादीहरुको थुनछेक बहस चलिरहेको छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १६:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट