July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

सुनसरीको इनरुवामा विवाहपञ्चमीको अवसरमा रथयात्रा

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १६:५७
सुनसरीको इनरुवामा  विवाहपञ्चमीको अवसरमा रथयात्रा

धिरेन्द्र नारायण मण्डल

सुनसरीको सदरमुकाम इनरुवामा श्री रामजानकी गुठी संस्थाले विवाहपञ्चमीको अवसरमा रथयात्रा निकालिएको छ । २०४७ सालमा स्थापना भएको गुठीले विवाहपञ्चमीको समयमा पहिले डोलायात्रा निकाल्दै आएको थियो । अहिले रथ निर्माण गरि केहिवर्षदेखी विवाहपञ्चमीको अवसरमा रथ यात्रा निकाल्दै आएको श्री रामजानकी गठी संस्थाले जानकारी दिएको छ ।

मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा सीता रामको पूजा आराधना गरी रथयात्रालाई नगर परिक्रमा गर्दै आएको श्री रामजानकी गुठी संस्थाका सदस्य तथा इनरुवा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष, बौवालाल मेहताले बताउनुभयो । बाजागाजासहित झा“की, नाचगान, मैथिलि परम्परालाई निरन्तरता दिदै“ मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको लागि विवाह पञ्चमीमा रथयात्रा निकाल्दै आएको सदस्य मेहताले बताउनु भयो ।

 

विवाहपञ्चमी रथयात्रा रामजानकीको प्राङ्गनदेखी महेन्द्रचोक, बबिया, सखुवागाछी, इनरुवा बजार हुँदै पुनः मन्दीरमा आएर समापन गरिएको थियो । गोस्वामी तुलसीदासको रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवको रुपमा विवाह पञ्चमी मनाउँदै आएको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १६:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट