March 27, 2023 | सोमवार, चैत्र १३, २०७९
सुचनाहरु
संक्रमणकालीन न्यायमा एमालेको प्रश्न : झारा टार्न मात्र विधेयक ल्याएको त होइन ? नेपाल कराते महासंघको अध्यक्षमा राखेपका पूर्वसदस्यसचिव कोशी नाम स्वीकार्न चार दलको अपील नवाजुद्दिनले भाइ र श्रीमतीमाथि गरे मानहानिको मुद्दा दर्ता दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छः वामदेव गौतम मिटरब्याजीपीडितको समस्या समाधान गर्न सरकार गम्भीर होस् : सांसद बेलवासे अन्तिम कथा रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट लैजाने तयारी सिके राउतको कटाक्ष- मन्त्रीबिना बाँच्नै नसक्नेलाई ल्याउन बारा २ मा उपचुनाव तोकियो २६.८७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो बारा-२ का जनताले मेरो डिमान्ड गरिरहेका छन् :उपेन्द्र यादव प्रभु साहको प्रश्न : तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिसन ? सवारी दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्‍यवस्था गर्न माग उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔं ११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित आइपुगे काठमाडौं पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने

प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल

  • साझा परिवेश
  • सोमवार, मंसिर २९, २०७७ 0७:४४
प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल

काठमाडौं , मंसिर २९ : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन् । नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा लागे पनि उनका प्रयास असफल हुँदै आएका छन् ।

मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि गत बुधबार ओलीले दाहाललाई बालुवाटारमा बोलाएर भेटघाट गरे । भेटमा ओलीले वरिष्ठ नेता नेपालको साथ छाड्न आग्रह गर्दै दुई अध्यक्ष मिलेर अघि बढ्ने प्रस्ताव गरेका थिए । तर, दाहालले सो विषयलाई खासै महत्त्व दिएनन् ।

मंसिर १७ गतेको स्थायी कमिटी बैठकअघि पनि ओलीले दाहाललाई भेटेका थिए । उनले त्यतिबेला बेला बैठक रोकेर सहमतिका लागि आग्रह गरेका थिए । तर, दाहालले सो कुरा बैठकमा नै राख्न भनेपछि ओलीले कुनै जवाफ फर्काएनन् ।

बुधबारको भेटघाटमा पूर्वएमालेका नेताहरुको साथ छाडेर आफूसँग सहकार्य गर्न आग्रह गरेका ओलीले आइतबारको बैठकअघि पनि दाहालसँग निरन्तर सहकार्यको प्रस्ताव राखेका थिए ।

शनिबार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहाल निवास खुमलटार पुगेर ओलीको सन्देश सुनाएका थिए । पोखरेलपछि आइतबार बैठकअघि संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि खुमलटार पुगेका थिए । तर, अध्यक्ष दाहालले दुवैलाई विवादको विषयवस्तु कमिटीमा पुगिसकेकाले त्यहीँबाटै निर्णय हुने बताएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

  • साझा परिवेश
  • सोमवार, मंसिर २९, २०७७ 0७:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट