July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

असोज १८ गतेदेखि माथिल्लो मैलुङ खोलाको आईपीओ निष्काशन हुँदै

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १२:0८
असोज १८ गतेदेखि माथिल्लो मैलुङ खोलाको आईपीओ निष्काशन हुँदै

असोज १८ गतेदेखि सर्वसाधारणहरूका लागि खुल्ने आईपीओ असोज २२ गतेसम्म आवेदन दिन सकिने
माथिल्लो मैलुङ खोलाले असोज १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने

माथिल्लो मैलुङ खोलाले असोज १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ८४ हजार २ सय कित्ताका आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीका अनुसार एक अर्ब जारी पुँजी मध्ये रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता र सामूहिक लगानी कोषलाई ७५ हजार कित्ता बाँडफाँट गरी बाँकी रहेकोमा ९ हजार २ सय कित्ता थप गरी १२ लाख ८४ हजार २ सय कित्ता सर्वसाधारणहरूका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारमा गएका नेपालीका लागि आईपीओ निष्काशन तथा बाँडफाँड भैसकेको छ ।

यहि असोज १८ गतेदेखि सर्वसाधारणहरूका लागि खुल्ने आईपीओ असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । जहाँ उक्त अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जहाँ आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रूपैयाँ रहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्