February 23, 2024 | शुक्रबार, फाल्गुन ११, २०८०
सुचनाहरु
गाँजा र कोदोको रक्सी खुला गर्ने नीति बनाउन सांसद चन्द्र भण्डारीको माग गैरहाजिर भएका १८ जना प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन सुनको मूल्य घट्यो सात महिनामा ८ अर्बको चिया र कफी निर्यात बैंकको ब्याज एकल अंकमा झार्नुपर्छ : राजेन्द्र लिङ्देन नामिबियासँग नेपाल दुई विकेटले हार्‍यो सीतापाइलामा आमा र दुई छाेरीकाे हत्या, श्रीमान् पनि झुन्डिएकाे अवस्थामा मृत भेटिए लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग प्रधानमन्त्रीले- सरकारले पहल गरिरहेकाे छ, समस्या चाँडै समाधान हुन्छ ‘दयारानी’ हिट भएको सार्वजनिक गर्दै दयाहाङले भने, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौ’ सात महिनामा आयो २८ अर्बको खाद्यान्न सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौँ महानगरको आग्रह परराष्ट्रमन्त्री साउद भारत भ्रमणमा जाँदै सुनको आयातमा ५९.३ प्रतिशतले कमी नजिकिँदै प्रचण्ड-ओली ? सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो क्यानडामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर राष्ट्र बैंकले भन्याे– ‘सर्वसाधारणको निक्षेप सुरक्षित छ, हल्लाको पछि नलागी ढुक्क भएर कारोबार गर्नुस्’ धनकुटामा पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरी आन्दोलनका लागि हिँडेरै काठमाडौँ आइपुगे देशभरका मिटरब्याजी पीडित

अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस ,विश्व हातधुने दिवस

  • साझा परिवेश
  • शनिबार, अशोज २९, २०७९ १0:0८
अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस ,विश्व हातधुने दिवस

घरभित्रको काममा सीमित ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्‍याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूलाई घरको काम बाहेक आयआर्जन मूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउनु यो दिवस मनाउनुको अर्को ठुलो उद्देश्य हो । संयुक्त राष्ट्र सङ्घको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउने क्रम सुरु भएको हो ।

नेपालमा ग्रामीण महिलाहरूको भूमिकालाई सम्मान गर्दै यो दिवस वि.स. २०७० देखि मनाउन थालिएको हो । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनको आवश्यकता पर्ने भएकोले त्यसका लागि ग्रामीण महिलाहरू नै महत्त्वपूर्ण प्रतिनिधि हुन भन्ने राष्ट्र सङ्घको बिचार रहेको छ । नेपाल जस्ता देशहरूमा भने सम्पत्ति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच पुग्न सकेको छैन । ग्रामीण महिलाहरूलाई सशक्तीकरणका माध्यमबाट सक्षम नागरिकका रूपमा पहिचान गराउन सके परिवार र समग्र देशकै समृद्धि हुने विश्वास गरिएको छ ।

लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति र राज्यका हरेक निकायमा महिला त्यसमा विशेष गरी ग्रामीण महिलाहरूको पहुँच समान रूपमा सुनिश्चित हुनु अत्यावश्यक रहेको छ । महिला सशक्तीकरणका लागि विश्वव्यापी रूपमा प्रयासहरू नभएका भने होइनन् । विभिन्न आन्दोलन र अभियानहरूका कारण संयुक्त राष्ट्र सङ्घले सन् १९७५ लाई संयुक्त राष्ट्रसङ्घीय महिला वर्ष रुपमा मनाएको थियो । त्यसै गरी सन् १९७५ देखि १९८५ सम्मको समयलाई महिला दशक घोषणा गरी विभिन्न घोषणापत्रहरू जारी गरिएको थियो । सन् २००० देखि २०१५ सम्मको सहश्राब्दी विकास लक्ष्य अनुसार लैङ्गिक समानता, प्रवर्द्धन तथा महिला सशक्तीकरणका लागि प्रयासहरू गरिएका छन् । सोहीअनुरूप नेपाल जस्ता अल्पविकसित देशहरूमा छुट्टाछुट्टै कार्यक्रम तथा योजनाहरू बनाई कार्यान्वयन गरिँदै आएका छन् ।

वर्ष २०२२ को अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको नारा चाहिँ “Rural Women Cultivating Good Food for All” रहेको छ ।

विश्व हात धुने दिवस
विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग अनि सङ्क्रमणहरूका कारण लाखौँले मृत्यु भोगी सकेको तथ्याङ्कले भन्छ । स्मरण रहोस् अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला पनि हो । सुन्दा अचम्म लाग्न सक्दछ हात धुने चलन र व्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको सङ्ख्यामा जीवन बचाउन सकिने अवस्था छ ।

खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानी ले मज्जाले मिचिमिची धुन जरुरी छ ।

विश्वमा हरेक ३ मध्ये एक जना नवजात बालबालिका झाडापखालाले औसतमा सङ्क्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । सुरु सुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारिता धेरै रहेको छ ।

यसै तथ्यलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफाइ अनि स्वस्थपनाको जागरण दिलाउन हरेक वर्ष अक्टोबर १५ तारिखमा विश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन सुरु गरिएको हो । नेपालमा पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अनि अन्य विभिन्न गैर सरकारी संस्थाको अर्थपूर्ण सहभागितामा यस दिवस भव्यताका साथ मनाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निम्न अवस्थामा हात धुन जरुरी हुन्छ:
शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्ना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरूलाई भेट्न अघि र भेटेपछि, धूम्रपान गरेपछि, फोहोर छोएपछि या बगैँचामा काम गरेपछि, जनावरहरूलाई छोएपछि ।

हात कसरी धुने ?
सर्वप्रथम सफा पानीले हात भिजाउने।
हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।
दुवै हत्केलालाई एक आपसमा दलेर औलाका कापसम्म साबुन पूर्याउने |
यसरी धुँदा हातको पछाडि, नगंका मुनी, औँलाका काप र नारी सम्म मिच्ने |

यसरी धुँदा औँलाका औँठी र घडीहरू निकालेर हात सफा गर्ने, यसो हुँदा औँठी र घडी मुनीका सूक्ष्म जीवाणुहरू पनि पखालेर सफा हुनेछन् ।

धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ ।
सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।
औँठी या घडीहरू पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।

सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न जरुरी छ । याद गर्नुहोस्, कीटाणुहरू सबैतिर छन् र हामी यी कीटाणुहरूलाई देख्न सक्दैनौँ । यी कीटाणुहरूले हामीलाई बिरामी पार्दछन् । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या सङ्क्रमणबाट जोगाउँदछ । हात नधोएकै कारण विभिन्न रोगको सङ्क्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरूबाट जोगिनु नै बुद्धिमत्ता होला ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल

  • साझा परिवेश
  • शनिबार, अशोज २९, २०७९ १0:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट