May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

शनिबार पनि गयो बझाङमा भूकम्प

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० ११:३१
शनिबार पनि गयो बझाङमा भूकम्प
  • भूकम्पपछि निरन्तर परकम्प मापन
  • शनिबार अपराह्न ४ बजेर १७ मिनेटसम्म सो संख्यामा परकम्प मापन गरियो 
  • चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गयो 
  • भूकम्पपछि गएको पहिरोमा परी एक महिलाको मृत्यु

काठमाडौं ।।

बझाङमा गएको मंगलबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर परकम्प मापन गरिएको छ । त्यसयता ३८० परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । शनिबार अपराह्न ४ बजेर १७ मिनेटसम्म सो संख्यामा परकम्प मापन गरिएको केन्द्रको सुर्खेतस्थित कार्यालयले जानकारी गराएको छ । कार्यालयका अनुसार १.५ म्याग्निच्युडदेखिका परकम्प मापन हुन्छ ।

“१.५ म्याग्निच्युडदेखिका परकम्प मापन हुन्छ । मानिसले महसुस नगर्ने परकम्प पनि मापन गरिन्छ,” कार्यालय स्रोतले भन्यो । बझाङमा उक्त भूकम्पपछि यो अवधिमा ४ म्याग्निच्युडदेखि माथिका १३ परकम्प मापन गरिएको केन्द्रले जनाएको छ । तीमध्ये ५ म्याग्निच्युडदेखि माथिका चार परकम्प थिए । बझाङमा यो अवधिमा मापन गरिएका मध्ये शनिबार मध्याह्न पौने १२ बजेको ५.३ म्याग्निच्युडको परकम्प सबैभन्दा ठूलो थियो ।

गएको मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन दिउँसो २ बजेर ४० मिनेटमा बझाङकै तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्च्यिुडको भूकम्प गएको केन्द्रले जनाएको छ ।उक्त भूकम्पपछि गएको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । बझाङसहित सदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भौतिक संरचनामा क्षति पुगेको छ । मानिस घाइते समेत भएका छन् ।

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० ११:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।