April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर

कपनमा घर भत्काउन डोजर पुगेपछि…..

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १२:३८
कपनमा घर भत्काउन डोजर पुगेपछि…..
  • खोलामाथि बनेका घरटहरा भत्काउन कपन पुग्यो डोजर
  • डोजर पुगेपछि स्थानीयको विरोध
  • विरोध गरेपछि डोजर भने चल्न सकेन 

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपसछि स्थानीयले विरोध गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिका-१० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताए ।

स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । ‘खहरे खोला खोलेर, छेउमा ढल बनाउनको लागि काठमाडौं महानगरले तयारीसहित अगाडि बढेपनि बुडानीलकण्ठ नगरपालिकाले सहमति नदिंदा डोजर चलेको छैन,’ थापाले भने ।

बुढानीलकण्ठ नगरपालिकाका स्थानीय बासिन्दाले भने वर्षाको समयमा डोजर आतंक गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।काठमाडौं ७ नम्बर वडाका स्थानीयवासीले भने बुढानीलकण्ठ नगरपालिकाविरुद्ध नाराबाजी गरिरहेका छन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।