July 18, 2024 | बिहिबार, साउन ३, २०८१
सुचनाहरु
गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए सुनचाँदीको मूल्य घट्यो सिमलताल दुर्घटना: १९ शव फेला, १४ जनाको सनाखत ५१ दिनमा सकियो ‘छक्कापञ्जा ५’ को छायाङ्कन ग्रीनवूड मार्सेलीमा अनुबन्ध प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई कस्तो छ आजको मौसम पूर्वानुमान ? महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान त्रिशूली बस दुर्घटना: मृतकका परिवारलाई मधेस सरकारले १ लाख दिने सुनको मूल्य बढ्यो ; तोलाको कति पुग्यो त् ?

तिहार अघि नै सयपत्री फूलको माग बढ्यो

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ४, २०७९ १0:४७
तिहार अघि नै सयपत्री फूलको माग बढ्यो

झापा, ४ कात्तिक (रासस) : फूलहरुको पर्व अर्थात नेपालीहरुको दोस्रो ठूलो चाडको रुपमा रहेको तिहार आउनु अघि नै सयपत्री फूलको माग बढेको छ ।

आसान्न मंसिर ४ गते हुने निर्वाचनका लागि लागि उम्मेद्वारहरुलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो ।

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मेची सामुदायिक होमस्टे सञ्चालन गर्दै आएका १४ जना महिलाहरुले मिलेर सामूहिक सयपत्री फूलको खेती गरेका छन् । आठ कठ्ठा जमिन लिजमा लिएर व्यवसायिक रुपमा गरेको सयपत्री फूलको खेतीबाट उनीहरु सन्तुष्ट भएको मेची सामुदायिक होमस्टे सञ्चालक समितिकी अध्यक्ष भावना गुरुङले बताइन् ।

“माग धान्नै गाह्रो भइरहेको छ”, उनले भनिन्, “तिहारका लागि मात्र एक हजार ५०० माला अर्डर छ । तर चुनावी कार्यक्रममा दैनिक सयवटा भन्दा बढी माला गइरहेकाले अर्डरको माला दिन नसकिने भो भनेर चिन्तित छौं ।” उनका अनुसार ३० वटा थुँगाको एउटा माला बन्ने र प्रतिमाला रु. ८० का दरले विक्री भइरहेको छ ।

पहिलोपटक फूल खेती गरेका महिलाहरुले अर्डर अनुसारको माला पुर्याउन गाह्रो भएपछि अर्को बर्षदेखि एक विगाह जमिनमा फूलको व्यवसायिक खेती गर्ने सोचमा रहेको उनले बताइन् । ‘फूल फूलाउनु मात्र पर्दोरहेछ, किन्ने ग्राहक बारीमै आउँछन् । थोरै खर्च र मिहिनेतमा आम्दानी पनि धेरै हुँदो रहेछ’, उनले भनिन् ।
उनीहरुलाई सयपत्री फूलको व्यवसायिक खेतीमा मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन कार्कीले समेत सहयोग गर्दै आएका छन् । फूलखेतीका लागि महिलाहरुले जमिन लिजमा लिए पनि घेराबारा गर्नेदेखि उनीहरुलाई विज्ञ व्यक्ति ल्याएर तालिम गराउन समेत वडाध्यक्षकै भूमिका रहेको छ ।

मेचीनगर–९ मा डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत आठ वर्षदेखि नर्सरी व्यवसायमा लाग्नु भएका डिल्लीराम उप्रेतीले विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा एक विगाह जमिन लिजमा लिएर सयपत्री फूलको व्यवसायिक खेती गर्दै आएका छन् ।

कलकते लोकल र कर्मा ५५५ जातको सयपत्री फूलको खेती गर्दै आउनुभएका उप्रेतीले विगतको भन्दा यसबर्ष झापामा फूलको व्यवसायिक खेती घटेको बताए । फूलको माग भए पनि उत्पादन कम भएका कारण गाह्रो भइरहेको उनको भनाई छ । ‘हामी माला उनेर बेच्न भ्याउँदैनौं’, उनले भने, ‘बारीमा पसेर उहाँहरु आफैंले टिप्हुन्छ । ३०० थुँगाको रु. ५०० गरेर रकम लिन्छौं ।’

तरकारी, खरबुजालगायतका व्यवसायिक खेती गर्दै आएका उनले चित्त बुझ्दो खेतीको रुपमा सयपत्री फूलको भएको बताए । सयपत्री फूलको खेती थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाई छ ।

सयपत्री फूलको खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गए पनि व्यवसायिक रुपमा गर्न नसक्दा फूलको परनिर्भरतालाई अझै हटाउन नसकिएको उनको भनाई छ । उनले कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अन्य अनुदानमा लगानी बढाउने हो भने फूलमा जिल्लालाई आत्मनिर्भर बनाउन समस्या नहुने उप्रेतीले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ४, २०७९ १0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट