May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्ति प्रक्रिया सुरू

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:५४
सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्ति प्रक्रिया सुरू
  • सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढ्यो 
  • २१ दिन भित्रमा योग्य उम्मेदवारले दरखास्त पेश गर्ने 

काठमाडौं ।।

सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले खुला प्रक्रियाबाट महाप्रबन्धक नियुक्तिका लागि २३ भदौमा सूचना प्रकाशन गरेको हो ।

सिमेन्ट उद्योगको महाप्रबन्धक हुन २१ दिन भित्रमा योग्य उम्मेदवारले दरखास्त पेश गर्न सक्छन् । मन्त्रालयकाअनुसार उद्योगको महाप्रबन्धक हुन सार्वजनिक निकायको प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन,अर्थशास्त्र, इन्जिनियरिङ्, कानुनमा विषयमा स्नातकोत्तर पास हुनु पर्छ ।

यस्तै कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा बसेर ५ वर्ष काम गरेको हुनुपर्छ । उद्योग मन्त्रालय मातहतको संस्थान तथा कार्यालयमा पदाधिकारी नियुक्ति निर्देशिका बमोजिम अयोग्य नरहेको उम्मेदवारले आवेदन दिन पाउने मन्त्रालयले जनाएको छ ।

आवेदकबाट योग्यता पुगेकाहरुलाई मन्त्रालयले अन्तिम छनोट सूची तयार गरेपछि व्यावसायिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिन्छ । त्यसबाट अन्तिम छनोटमा परेका ३ उम्मेदवार मध्येबाट सिफारिस गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्नेछ । मन्त्रिपरिषद्ले योग्य उम्मेदवारलाई महाप्रबन्धक नियुक्त गर्नेछ ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।