June 5, 2023 | सोमवार, जेष्ठ २२, २०८०
सुचनाहरु
काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच हात हालाहाल सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति पूर्वमहान्यायाधिवक्ताहरु अभियुक्तको प्रतिरक्षामा अवरोधपछि बैठक भोलिसम्म स्थगित मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक रास्वपाका उपनेताले गरे डेंगीबारे संकल्प प्रस्ताव दर्ता सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने तयारीमा राष्ट्रिय योजना आयोगमा सदस्य ढुंगानाले पाइन जिम्मेवारी राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी सरकारले जे गरेपनि दर्शक बनेर हेरेर नबस्ने : रास्वपा अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से रायमाझी र खाँण अदालतमा उपस्थित बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयकको तीन दलले गरे विरोध सेयर लगानीकर्ताको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने : अर्थमन्त्रालय प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नदिने

आज कुकुर तिहार मनाइँदै

  • साझा परिवेश
  • सोमवार, कार्तिक ७, २०७९ 0८:४0
आज कुकुर तिहार मनाइँदै

काठमाडाैँ- नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा. देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन्।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडाक. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ।

आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् गौतमले बताए।

यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ। यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ। यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रुपमा मनाइन्छ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक ७, २०७९ 0८:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।