March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक अन्तत इलाम २ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ बागमती सरकारमा हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै एमडिएमएसमा ९१ करोड भ्रष्टाचारको दाबी, भ्रष्टाचार मुद्दा दायर मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न ‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’ नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कर्णाली पुलबाट हामफालेर बेपत्ता भएका युवकको शव भेटियो सेयर बजारमा ४ अंकको वृद्धि नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा दोहोरो कर प्रणालीे समस्याको सम्वोधन गर्न अर्थमन्त्री पुनको प्रतिवद्धता अवैध विदेशी मुद्रासहित तीनजना विमानस्थलबाट पक्राउ राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार महिला, बालबालिकामन्त्री चौधरी र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द आईपीएल : आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै मन्त्री चाैधरीकाे अग्रसरतामा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति मौसम खराबका कारण धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण सुनको मूल्य हालसम्मकै उच्च ; कति पुग्यो त तोलाको ? विपीको प्रतिमामा माल्यार्पण गरेर कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

निर्वाचनका लागि दुई लाख ४६ हजार जनशक्ति

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १५, २०७९ २0:४९
निर्वाचनका लागि दुई लाख ४६ हजार जनशक्ति
निर्वाचनका लागि दुई लाख ४६ हजार जनशक्ति

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा आवश्यकताअनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था रहेको छ  ।

नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानुनमा आयोगको जिम्मेवारी बमोजिम कार्य सम्पादनका लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने व्यवस्था रहेको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७९ मा ‘जनशक्ति’ भन्नाले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी सम्झनुपर्छ र सो शब्दले त्यस्तो निकायमा काजमा, करारमा वा ज्यालादारीमा कार्यरत कर्मचारीलाई समेत जनाउने उल्लेख गरिएको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालनमा रहेको समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५, निर्वाचनका लागि गत असोज २० गतेसम्ममा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदको सिफारिसमा जिल्ला अदालतका न्यायाधीश र निर्वाचन अधिकृतका लागि न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका राप द्वितीय श्रेणीका कर्मचारीलाई खटाइएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत एक, सहायक निर्वाचन अधिकृत, (राप द्वितीय श्रेणीे वा सो सरह वा राप। तृतीय श्रेणी वा सो सरह) एक, लेखा अधिकृत वा लेखापाल (रापतृ श्रेणी वा सो सरह वा राप अनं प्रथम श्रेणी वा सो सरह) एक, सहायक कर्मचारी (राप अनं प्रथम श्रेणी वा सो सरह वा राप अनं. द्वितीय श्रेणी वा सो सरह) एकजना रहनेछन् ।

यस्तै कम्प्युटर अपरेटर (राप अनं प्रथम श्रेणी वा सो सरह वा राप अनं। द्वितीय श्रेणी वा सो सरह) एक, सवारी चालक (सवारी साधन भएमा) एक, सहयोगी कर्मचारी (श्रेणीविहीन) दुई, निजी सुरक्षा अधिकारी (पिएसओ)एकजना गरी नौजना रहनेछन् । निर्वाचन अधिकृतको कार्यालयमा पनि नौजना कर्मचारी दरबन्दी रहने भुसालले जनाए ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन ९आर्थिक व्यवस्थापन कार्यविधि०, २०७९ मा भएको व्यवस्था अनुसार दुई सय ५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक–एकजनासहित नौ, दुई सय ५१ देखि पाँच सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक–एकजनासहित ११ जना कर्मचारी रहनेछन् । पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप एकजना स्वयंसेवक रहनेछन् । कार्यविधिमा अस्थायी मतदान केन्द्रको पनि व्यवस्था छ ।

मतदान केन्द्रसम्बन्धी खर्च तथा मतदान केन्द्रमा खटिने मतदान अधिकृत लगायतका कर्मचारीलाई दैनिक तथा भ्रमण खर्च भुक्तानी दिने कार्यलाई व्यवस्थित गर्न थप जनशक्ति आवश्यक भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनका लागि मतदान केन्द्रका आधारमा लेखापाल वा सहलेखापाललाई काजमा ल्याउन सक्नेछ ।

मतपत्र रुजु गर्ने, प्याकेजिङ गर्ने तथा मतदान अधिकृतलाई मतपत्र बुझाउने कार्यका लागि थप जनशक्ति आवश्यक पर्ने भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनका लागि मतदाता सङ्ख्याका आधारमा राजपत्र अनङ्कित वा सो सरहका कर्मचारी काजमा ल्याउन सक्ने व्यवस्था गरिएको छ ।

सोका लागि पन्ध्र हजारसम्म मतदाता भएका निर्वाचन क्षेत्रको लागि एक, पन्ध्र हजार एकदेखि तीस हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि दुई, तीस हजार एकदेखि पैतालिस हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि तीन, ४५ हजार एकदेखि ६० हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रका लागि चार, ६० हजार एकदेखि ७५ हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रका लागि पाँच, ७५ हजारभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्रका लागि छजना कर्मचारी काजमा ल्याउन सकिनेछ ।

मतदान केन्द्रका लागि आवश्यक पर्ने अन्य निर्वाचन सामग्रीको चेकजाँच, रुजु, भण्डारण, बाँडफाँट तथा वितरण गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीबाट अपुग हुने देखिएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनका लागि थप जनशक्ति काजमा ल्याई कार्यसम्पादन गर्न सकिनेछ ।

सोका लागि एक सयसम्म मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयका लागि राजपत्र अनङ्कित वा सो सरहको एक र श्रेणीविहीन वा सो सरहको कर्मचारी एकजना गरी जम्मा दुई, एक सय एकदेखि दुई सयसम्म मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयका लागि राजपत्र अनङ्कित वा सो सरहको कर्मचारी दुई र श्रेणीविहीन वा सो सरहको कर्मचारी एकजना गरी तीन, दुई सयभन्दा बढी मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयका लागि राजपत्र अनङ्कित वा सो सरहको कर्मचारी तीन र श्रेणीविहीन वा सो सरहको कर्मचारी एकजना गरी चारजना रहन सक्नेछन् ।

आयोगले निर्वाचन कार्यालयको मौजुदा जनशक्तिबाट निर्वाचनसम्बन्धी काम समयमा सम्पन्न गर्न नसकिने भएमा निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएपछि बढीमा दुई महिनाका लागि कर्मचारी काजमा लिन सक्नेछ ।

काममा नखटाइने कर्मचारी

निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी सङ्घसंस्थासँग सम्बद्ध राष्ट्रियस्तरको ट्रेड युनियनका सङ्घ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी, कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा सो निर्वाचन क्षेत्रमा त्यस्तो कर्मचारीलाई निर्वाचनको काममा नखटाइने व्यवस्था निर्देशिकाले गरेको छ ।

जनशक्ति व्यवस्थापन निर्देशिकामा कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड, पाले पहरा बस्ने कर्मचारी र स्वास्थ्य सेवा, विद्युत, टेलिफोन, बैंक, वारुणयन्त्र, खानेपानी जस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीलाई त्यस्तो सेवाका लागि वैकल्पिक व्यवस्था नगरी निर्वाचन कार्यमा खटाउनु हुँदैन भनिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १५, २०७९ २0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट