April 18, 2024 | बिहिबार, बैशाख ६, २०८१
सुचनाहरु
एन्फा उपाध्यक्ष दावा लामा छुटे एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार,आज शपथ स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही हुने धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद हत्याको आशंकामा युवतीको जलाइरहेको शव बरामद अन्योलताका बीच आज कोशी प्रदेशसभा अविधेशन दुबईमा अहिलेसम्मकै ठूलो वर्षा, राजमार्ग तथा विमानस्थल अवरुद्ध एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी यूएई पोखरामा सवारी दुर्घटना : ८ चिनियाँ घाइते २०२३ मा जापानलाई ३८ अर्ब अमेरिकी डलरको व्यापार घाटा आईपीएल : गुजरातमाथि दिल्ली क्यापिटल्सको सानदार जित कस्तो रहला आजको मौसम ? झापामा भेटिएको मृत हात्तिलाइ गोली हानेर हत्या गरेको पुष्टि एक लाख २० हजार घुससहित अधिकृत पक्राउ आइसीसीको टी- २० वरियतामा दिपेन्द्रको छलाङ चार खेल जित्दै नेपाल सेमिफाइनलमा नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

अग्रता जोगाउन नसक्दा बायर्न पराजित, शीर्ष स्थानमा फर्कने मौका गुमायो

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १0:0५
अग्रता जोगाउन नसक्दा बायर्न पराजित, शीर्ष स्थानमा फर्कने मौका गुमायो

काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख अग्रता जोगाउन नसक्दा बायर लेभरकुजनसँग पराजित भएको छ।

आइतबार राति भएको खेलमा इजेक्वेल पलासियोसले दुई पेनाल्टी गोल गरेपछि लेभरकुजनले एक गोलले पछि परेको स्थिति उल्टाएर बायर्नलाई २(१ ले पराजित गरेको हो ।

हारपछि बायर्नले शीर्ष स्थानमा फर्कने अवसरसमेत गुमाएको हो ।यसको अर्थ बोरुसिया डर्टमण्ड शीर्ष स्थाना कायम छ । डर्टमण्डले शनिबार कोल्नलाई ६(१ ले हराएर शीर्ष स्थानमा उक्लेको थियो ।

बायर्न हारेपछि डर्टमण्डले यो साता शीर्ष स्थानमै रहेर अन्त्य गर्नेछ ।२५ खेलपछि डर्टमण्डको ५३ अंक छ भने बायर्नको ५२ अंक छ ।

खेलको २२औं मिनेटमा जोसुअ किमिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, ५५औं मिनेटमा लेभरकुजनका पलासियोसले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १(१ गोलको बराबरीमा ल्याए ।

७३औं मिनेटमा पलासियोसले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गर्दै बायर लेभरकुजनलाई २(१ को जित दिलाए ।

जितपछि लेभरकुजन २५ खेलबाट ३७ अंक जोडेर आठौं स्थानमा छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १0:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।