September 21, 2023 | बिहिबार, अशोज ४, २०८०
सुचनाहरु
शिक्षकका जायज मागहरू शिक्षामन्त्रीले सम्बोधन गर्नुपर्छ : एमाले भीआईपीलाई दिएको सुबिधा फिर्ता गर्न निर्देशन शिक्षकहरुको आन्दोलन अनुगमनमा निस्कियो महानगर पार्टीका समस्या बाहिर गीत गाउँदै हिँड्ने होइन : माधव नेपाल सेयर बजार ४४ अंकले बढेर पुरै हरियाली लडेर-भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौं : अर्थसचिव पुष्कर भन्सार कर्मचारी ५ जनाको छानबिन गर्न अख्तियारलाई पत्र बाँदरले खेलेर बिगारेझैं त्यो सुन्दर वृक्षारोपणलाई शिक्षकहरुले कुरूप बनाए देउवाको नेतृत्वमा ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित असोज ६ गते राष्ट्रपति पहिलो पटक गृह जिल्ला जाँदै प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटघाटको समय जुरेन विधेयकमा थुप्रै सुधार आवश्यक छ, यसलाई सच्याउने नै छौं, विद्यालय बन्द नगरौं : गगन थापा मानव अधिकारसम्बन्धी घोषणा जारी भएको आज ७५ वर्ष पुरा शिक्षकको प्रदर्शनले यातायात आवागमन अस्तव्यस्त निश्चल बस्नेतको ‘दिमाग खराब को ‘बिरामी मुलुक’ सार्वजनिक घरजग्गाको कारोबार बढ्दा राजस्व भने घट्दै राष्ट्रिय क्रिकेट टोलीलाई लाग्यो ठूलो झट्का खुँडा हानेर हत्या गर्ने गुन्डा नाइकेलाई राष्ट्रपतिले माफि दिएपछि कारागारमै उत्सव गाई चराउन गएका महिलाहरुलाई कुटपिट गरी लुटपाट विषालु सर्पले टोकेर सिन्धुलीमा १ जनाको मृत्यु

इलामको क्षेत्र नं. २ जनतालाई कहिले सम्म सास्ती ?

  • साझा परिवेश
  • सोमवार, कार्तिक २१, २०७९ १२:३७
इलामको क्षेत्र नं. २ जनतालाई कहिले सम्म सास्ती ?

sharethis sharing button

माङसेबुङ : ३५ वर्षअघि दमक हुँदै लारुम्बा–रवि पुग्ने गोरेटो बाटो थियो । त्यही बाटोलाई फराकिलो पार्दै जाने काम भयो । त्यसैलाई चुनावी मुद्दा बनाएर धेरै माननीय, मन्त्री हुन पुगे । तर आज त्यो बाटो जस्ताको त्यस्तै छ ।

केही दिनअघि पाँचथरका माननीय बसन्तकुमार नेम्वाङ दमकबाट लारुम्बा हुँदै रवि पुगे । उनी चडेको गाडी धेरै ठाउँ रोकियो, बाटो पहिल्याउँदै अगाडि बढ्यो । त्यसको केही दिनपछि माननीय सुवास नेम्वाङ पनि त्यही बाटो हुँदै भोट माग्न पुगे ।फराकिलो र कालोपत्रे बनाउछु भन्दै भोट माग्न पुग्दा त्यहाँका जनताले विश्वास गरेर सुवास नेम्वाङलाई आफ्नो मत पनि जाहेर गरे । उनी पटक–पटक विजयी भए । तर, गुरुको जन्मोत्सव बाहेक त्यो बाटो फेरि फर्केर आएनन् ।

माङसेबुङमा कार्यक्रम हुँदा पनि नेम्वाङ हेलिकप्टरमा मात्र आइपुग्थे । त्यस क्षेत्रका जनताको दुःख सुख बुझ्न त परै जाओस् विकासका काममा गति नलिदा यो बेला नेम्वाङप्रति प्रश्नै–प्रश्न रहेको छ ।दलबल सहित माङसेबुङमा रहेका गुरु आत्मानन्दसँग आशिर्वाद लिन पुगेका बेला गुरुले नेम्वाङलाई यस क्षेत्रको भविष्य यहाँकै हातमा छ भन्दा पुरानै कामका विषयमा र गर्नुपर्ने बाटोको कुरा बाहेक अरु कुरा राख्न सकेनन् ।

यसरी नै गठबन्धनका उम्मेद्वार डम्बर खड्कासँग पनि गुरुले पुरानै मुद्दा उठाउँदा आफू सचेत रहेको मात्र बताए । गुरु कहाँ दमक–रवि सडकका मुद्दा लिएर आउने उम्मेद्वारहरुको लर्को उत्तिकै थियो ।संघका समानुपातिक उम्मेद्वारदेखि लिएर प्रदेशसम्मका उम्मेद्वारहरु शरणमा थिए । उनीहरुको एउटै भनाई थियो, ‘गुरु यसपालिको निर्वाचनमा आशिर्वाद प्रदान होस् ।’

गुरु आत्मानन्दले ३० वर्षअघिदेखि उठाउँदै आएको मुद्दा पटक–पटक उम्मेद्वारहरुलाई भनिरहे । उम्मेद्वारहरुले पनि गुरुको भनाईप्रति गम्भीर ध्यान भएको भन्ने शब्द बाहेक अरु भन्न सकेनन् ।

दमक–रवि बाटोमात्र होइन खानेपानीको पनि त्यतिकै समस्या क्षेत्र नं। २ मा रहेको छ । प्रशस्त जलाशय भएको ठाउँमा जनताले स्वच्छ खानेपानी खान नपाउनु, दुःख बिमार हुँदा बाटोको अभावले अकालमा ज्यान गुमाउनुपर्ने, बाटोकै अभावले कृषिजन्य सामाग्री बजार पुर्याउन नसकिने, विद्यालयमा बालबालिकाहरुलाई दिनुपर्ने सुविधाबाट बञ्चित हुनुपर्ने, विद्यालयका अधिकांश शिक्षकहरु राजनीति केन्द्रीत भएर दक्ष विद्यार्थी उत्पादनमा कमी आएको जस्ता समस्याले इलाम क्षेत्र नं। २ ग्रसित देखिन्छ ।

यस क्षेत्रमा स्थानीय सरकारले गरेको कामको परिणाम केही देखिए पनि संघ र प्रदेशको बजेटको काम त्यति धेरै जनताले अनुभव गर्न पाएका छैनन् । प्रदेशको बजेट ठाउँ–ठाउँमा देखिए पनि संघको बजेटको नामोनिशाना नभएको त्यस क्षेत्रका जनताको गुनासो छ ।

हेर्दा सुगम, हरियाली देखिए पनि कतिपय ठाउँ कर्णाली प्रदेश जस्तो देखिन्छ । बाटोको मात्र अभाव होइन, खानेपानी, बिजुली बत्ती जस्ता आधारभूत आवश्यकताका विषयको अभाव पनि त्यतिकै देखिन्छ ।मत माग्ने क्रममा पटक–पटक विजयी बनेका सुवास नेम्वाङप्रति त्यस क्षेत्रका जनताको गुनासो प्रशस्त रहेको जानिफकारहरुको भनाई छ ।० वर्षपछि हङकङबाट गुरु आश्रम भ्रमण गर्न आएका कृष्ण सुब्बा माङसेबुङको अवस्था उसबेला जस्तै देख्दा नेपालका नेतालाई सक्दो सराप गरेका थिए ।

उमेरले पाका ती सुब्बा जनताको विकासमा भन्दा सत्तामा पुगेर सुविधा लिने क्रममा लिप्त भएको कारण माङसेबुङ क्षेत्रमात्र होइन पहाडी क्षेत्र उज्यालो नभएको प्रतिक्रिया दिए । हुन त गुरुको जन्मोत्सवमा राजादेखि राष्ट्रपतिसम्म आइपुगे ।
त्यस्तै राजनेताहरु नआएका होइनन् । आउने नेताहरुले शिलान्यास गर्ने, आश्वासन दिलाउने फर्किएर गएपछि वास्तै नगर्ने भएको हुँदा माङसेबुङका जनता विश्वासिलो नेताको पर्खाइमा रहेको देखिन्छ ।yalambartimes

  • साझा परिवेश
  • सोमवार, कार्तिक २१, २०७९ १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट