झापा । मेचीनगर–१५ कैयाटोलीमा १३ वर्षीया किशोरीको शब टिमाइको सानो पुलमुनि भेटिएको छ ।
स्थानीय एक घरमा डेरा बस्दै आएका पुण्यप्रसाद चौधरीकी छोरी युना चौधरी आज विहान मृत फेला परेकी हुन् ।
मृतकका बाबु पुण्यप्रसादका अनुसार मंगलबार अपरान्ह ३ बजेदेखि युना हराइरहेकी थिइन् ।
ज्यामिरगढी माविमा कक्षा ६ मा अध्ययनरत् उनी मंगलबार दिउँसो घर नजिकैको टिमाइ खोलाको नहरतिर गएकी बताइएको छ ।
मृतक मृगी रोगी भएको उनका बाबु पुण्यप्रसादले बताए । उनी हराएपछि मंगलबार नै प्रहरीमा परिवारले खोजीका लागि जानकारी दिएको थियो ।
घरबाट आधा किलोमिटर दक्षिण टिमाइको सानो पुलमुनि खोलामा घोप्टो परेको अवस्थामा शब फेला परेको छ ।
घटनास्थलमा अहिले नेपाल प्रहरीको टोली आइपुगेको छ ।