May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

संविधान मिचेको भन्दै कोशीका मुख्यमन्त्री उद्धव थापाबिरुद्द सर्वोच्चमा रिट

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १५:0८
संविधान मिचेको भन्दै कोशीका मुख्यमन्त्री उद्धव थापाबिरुद्द सर्वोच्चमा रिट
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचे
  • संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै सर्वोच्चमा रिट
  • मन्सुरीसमेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त

विराटनगर ।।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै नेकपा एमाले रिट लिएर सर्वोच्च अदालत पुगेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेता बुधबार सर्वोच्च अदालत पुगेका हुन् । सोमबार मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीको पनि मत लिएर विश्वासको मत पाएका थिए ।

विश्वासको मत लिदा संविधानको उल्लङ्घन भएको दाबीसहित रिट लिएर सर्वोच्च पुगेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । जबरजस्ती विश्वासको मत पाएको घोषणा गरेकाले प्रदेश सभा नियमावली र संविधानको व्यवस्थालाई विपरीत भएको दाबी रिटमा गरिएको छ।

भदौ ४ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाएर उपसभामुख सृजना दनुवार स्वास्थ्यको कारण देखाउँदै सोही दिन काठमाडौँ गएपछि प्रदेशसभा बैठक अध्यक्ष मण्डलका सदस्य का‌ग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए ।

मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजनपछि दिएको मत सच्याउने समयमा मन्सुरीले सभाध्यक्षको आसनमा माओवादी प्रदेशसभा सदस्य गीता तिम्सिनालाई बोलाएर मतदान गर्न गएका थिए । मन्सुरीसमेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरी प्रदेशसभामा विश्वसको मत पाएका थिए । विपक्षमा ३० मत परेको थियो ।

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० १५:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट