May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

शिक्षामन्त्री सुमनाले कर्मचारीसँग छलफल गरेर मात्रै योजना बनाउने

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २५, २०८० १३:00
शिक्षामन्त्री सुमनाले कर्मचारीसँग छलफल गरेर मात्रै योजना बनाउने

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा महत्वपूर्ण शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको जिम्मेवारी पाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कर्मचारीहरूसँग छलफल गरेर मात्रै कार्ययोजना बनाउने भएकी छन् । स्थायी सरकार ब्यूरोक्रेसी भएको भन्दै मन्त्री श्रेष्ठले पहिला टिमसँग छलफल गरेर मात्रै आफ्नो कार्ययोजना बनाउने बताएकी हुन् ।

‘स्थायी सरकार भनेको ब्यूरोक्रेसी हो । पहिला टिमसँग बस्छु । अपडेट लिन्छु । बेसलाइन के हो ? थाहा पाउँछु । बेसलाइन थाहा पाएपछि सबैभन्दा पहिला के गरेपछि रिजल्ट आउँछ । त्यसपछि कार्ययोजना बनाउँछु’ मन्त्री श्रेष्ठले भनिन् । केही दिनमा कार्ययोजना बनाएर त्यसपछि सार्वजनिक गर्ने उनको भनाई छ ।

उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्राथमिकतामा राखेर काम गर्ने समेत बताइन् ।अहिले संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक छलफलको क्रममा छ । समिति सभापति समेत मन्त्री बनेका छन् । सभापति भानुभक्त जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् ।

उनी मन्त्री बनेपछि शिक्षा समितिको सभापति पद खाली भएको छ । अब नयाँ आउने सभापतिले विधेयकलाई अझ प्राथमिकतामा राखेर अगाडि बढाउनेमा आफू विश्वस्त रहेको र सरकारले गर्नुपर्ने सहयोग गर्ने बताइन।समितिले शिक्षा विधेयकमा अब प्रदेश तहमा गएर सरोकारवालासँग छलफल गराउनेछ ।

सांसदका रूपमा काम गर्दा जसरी सरोकारवाला र आम नागरिकको अर्थपूर्ण सहभागिता, पारदर्शिता र अपनत्वलाई केन्द्रमा राखेको थिए मन्त्री बनेपछि पनि त्यही कार्यशैली अपनाउने उनको भनाइ छ । आगामी दिनमा समेत आफ्नो कार्यशैली यस्तै तरिकाले अगाडि बढ्ने बताइन् ।

सतही विश्लेषण र लोकप्रिय समाधानमा केन्द्रित नरहेर समस्याको जरासम्म पुग्ने प्रयास गर्ने उनको भनाइ छ । प्रश्नको उत्तर खोज्ने र समाधान पहिल्याउने बताइन । सजिलो बाटो नभएको तर, सबैको साथ, सहयोग र सहकार्यबाट सफलतामा पुग्न सकिने उनको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकारमा सुमना आश गरिएकी मन्त्री मध्येकी एक हुन् । उनी मन्त्री बनेपछि शिक्षा क्षेत्रमा जनअपेक्षा बढेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २५, २०८० १३:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट