June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
सर्पले डसेर उपचारकै क्रममा निधन गर्मी बढेपछी चिसो पानीमा रमाउदै जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो नेपाल न्यूयोर्कमा १ सय ४५ मतले सदस्यमा निर्वाचित भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान सदनमा यी कुराहरु ध्यान दिनै पर्ने

सार्वजनिक सवारीको घट्यो गाडी भाडा

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १३:११
सार्वजनिक सवारीको घट्यो गाडी भाडा

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले जानकारी दिए । राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ ।


उनका अनुसार काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारी चढ्ने बित्तिकै न्यूनतम १८ रूपैयाँ भाडा तिर्नु पर्थ्यो । अब भने न्यूनतम भाडा १७ रूपैयाँ हुनेछ।

त्यसैगरी काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले कम भएको छ । यस्तै प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको प्रवक्ता पाठकले जानकारी दिए ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १३:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।