March 26, 2023 | आइतवार, चैत्र १२, २०७९
सुचनाहरु
११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित आइपुगे काठमाडौं पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू) नयाँ खिम्ती–बाह्रबिसे प्रसारणलाइन निर्माणमा प्राधिकरणको ताकेता रुसले बेलारुसमा रणनीतिक हतियार परिचालन गर्ने माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छः गृहसचिव सिंह ट्युनिसिया डुङ्गा दुर्घटना हुँदा ९ आप्रवासीको मृत्यु, ६७ जना बेपत्ता प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश विभिन्न दलका प्रतिनिधिहरुसँग सभामुखको छलफल जारी नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न उपेन्द्र यादव भन्छन्- बारामा उपनिर्वाचन लड्नुपर्ने जोड छ, मैले निर्णय गरिसकेको छैन अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको एमाले उपाध्यक्ष पौडेलको दावी

एमाले सचिव योगेश भट्टराईको क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १८:0८
एमाले सचिव योगेश भट्टराईको क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

ताप्लेजुङ । प्रतिनिधी सभा १ र प्रदेश सभामा २ वटा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लाको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । नेकपा एमालेको पार्टी सचिव तथा प्रभावशाली नेता योगेश भट्टराईको निर्वाचन क्षेत्र भएकोले सबैको ध्यान यता तिर केन्द्रित भएको छ । भट्टराईसँग बलियो प्रतिस्पर्धामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसको गठबन्धनमा माओवादी केन्द्रका नेता खेलप्रसाद बुढाक्षेत्री पराग रहेको छ । भट्टराई २०७४ को निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधी सभाको सदस्यमा अत्याधिक मतले विजयी भएका थिए । भट्टराइ पूर्व संस्कृति पर्यटन मन्त्री समेत भएका थिए ।
यता गठवन्धनका चुनावी सभामा आफुले जितेर जनताको लागि कार्यक्रम प्रस्तुत गर्न भन्दा पनि भट्टराईले प्रतिनिधी सभामा विजयी भएर जिल्लाको लागि केहि नगरेकोले गठवन्धनलाई जिताउन भनेर प्रचार गर्न व्यस्त देखिन्छन् । एकथरी युवाहरु त भट्टराईले मुकुम्लुङलाई पाथिभरा, तिम्वुङ पोखरीलाई विष्णुपोखरी, सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल बनाएको भनेर सामाजि सञ्जालमा प्रचार गर्न व्यस्त देखिन्छन् ।
विपक्षीले लगाएका यी आरोपहरु सबै झुट भएको, आफु नेकपा एमालेको मात्र नभएर समग्र ताप्लेजुङ जिल्लाको नेता भएकोले यस्ता कुतर्कका पछि नलाग्ने भट्टराई बताउनु हुन्छ । उहाँे भन्नुभयो– पाथिभरा नाम कसले राख्यो त्यो मलाई थाहा भएन पाथिभरा नामाकरण हुँदा मरो बुवा पनि जन्मनु भउको थिएन । त्यसरी नै तिम्वुङ पोखरीको विषयमा आफुले १०० गन्तव्य सूचीमा राख्न पहल गरेको, उक्त क्षेत्रको विकासको लागि बजेट विनियोजन गराएको हुँ बजेट गाउँ पालिकामा आएको हो काम गाउँपालिकाले गरेको हो, पालिकाले नाम परिवर्तन गरे भने मलाई थाहा भएन तर १०० गन्तव्य सुचीमा तिम्वुङ पोखरी नै राखेका छौं । सुकेटार विमानस्थलको पनि नाम परिवर्तन भएको छैन नेपाल सरकाले बजेटमा रविन्द्र अधिकारी विमानस्थल प्रस्ताव गर्दा मैले आफ्नो फेसबुक पेजमा तत्काल विरोध जनाएको छु, सुकेटार विमानस्थल नै हो कुनै नाम परिवर्तन भएको छैन उहाँले भन्नु भयो ।
भट्टराई छोटो समय संस्कृति पर्यटन मन्त्री हुँदा पाथिभरा क्षेत्रको विकासको लागि धेरै बजेट विनियोजन गरेको, ताप्लेजुङका गुम्वा संरक्षण तथा सम्बद्र्धन कार्यक्रम, माङहिम निर्माण, वहु–सांस्कृतिक भवन, लिम्वु संग्रहालय, चर्च, भिन्तुना भवन, शहिद पार्क आदिको लागि वजेट विनियोजन गरेको दावी गर्नुभयो । सडक, विद्यालयको भौतिक पूर्वाधार, जिल्ला अस्पतालको स्तरोन्नति, अक्सिजन प्लान्ट जस्ता शिक्षा, स्वास्थ्य, संचार, सडक, विद्युत, खानेपानी आदि क्षेत्रमा धेरै काम भएको र यसको सुधारको लागि अझ धेरै काम गर्न बाँकी रहेकोले आफुलाई मत दिएर विजय गराउन अपिल गर्नुभयो ।
उता गठवन्धनले संविधानको रक्षा गर्न, कृषिमा क्रान्ति ल्याउन पुरानालाई होइन नयाँलाई पालो दिनु पर्ने भनेर मतदाताहरुलाई भोट फकाउन व्यस्त देखिन्छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १८:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट