May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर गोंगबुका व्यवसायीसँग ठगी धन्दा

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २७, २०७९ १९:३९
राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर गोंगबुका व्यवसायीसँग ठगी धन्दा

खगेन्द्र घिमिरे काठमाडौं ।।

झट्ट सुन्दा यो कुनै फिल्मको कथा हो कि भन्न्ो पनि लाग्न सक्छ । तर,शुक्रबार गोंगबु क्षेत्रमा भएको एक गिहोरको ठगि धन्दा अचम्वको थियो ।
आन्तरिक राजश्व कार्यायलका कर्मचारीको ‘डार्क ब्लु’ कोट पाइन्ट र सेतो सर्टमा सजिएको एउटा समूह गोगबु क्षेत्रका केही होटल तथा रेस्टुराँहरूमा छापामार शैलीमा प्रवेश गर्छन् । घाँटीमा आन्तरिक राजस्व कार्यालयको परिचयपत्र भिरेको यो समूहलाई देख्दा सो क्षेत्रका व्यवसायी साच्चै बिश्वास पनि गर्छन् ।
व्यापारीलाई आफुहरु आन्तरिक राजस्य कार्यालय लाजिम्पाटबाट अनुगमनका लागि खटिएको कर्मचारी भनेपछि विश्वास नगर्ने कुरै भएन् ।

सो क्षेत्रमा व्यापार व्यवसाय गर्ने फुटपाथ पसलका व्यवसायीमाथि यो समूहले केरकार गर्ने,राजश्व तिरे नतिरेको सोध्ने,बिलहरु ह्ेर्न काम गरियो । यति मात्रै होइन राजस्व नतिरेको भेटिए ठाउँको ठाउँ जरिवाना पनि गरे । जरिवाना नतिरे होटल सिल गर्नेदेखि पक्राउ गर्नेसम्मका धम्की दिन्थे । यो गरे वापत उनीहरुले ८४ हजार ७३० रुपैया संकलन पनि गरे । तर,यो छापामार शैली प्रति पछि स्थानीयलाई शंका लाग्यो । यस बिषयमा प्रहरी वृत्त महाराजगञ्जको प्रहरीलाई जानकारी हुन्छ । प्रहरीले गोंगबु क्षेत्रमा आन्तरिक राजस्व कार्यालय लाजिम्पाटले छापा हानिरहेको बारेसमेत जानकारी लियो । तर, राजस्व कार्यालयले भने आफूहरूको टोली कुनै क्षेत्रमा अनुगमन गर्न नगएको जवाफ प्रहरीलाई दियो ।
राजस्व कार्यालयबाट कर्मचारी अनुगमनमा नगएको थाहा पाएपछि यो ठगि धन्दाको पर्दाफास भयो । प्रहरीले रकम उठाउँदै आएका आठ जनालाई नियन्त्रणमा लियो । प्रहरीको अनुसन्धानबाट उनीहरू राजस्व विभागको नक्कली कर्मचारी बनेर रकम संकलनको धन्दामा लागेको खुल्न आएको छ । उनीहरूले शुक्रबार ८४ हजार ७३० रुपैयाँ जरिवानाबराबरको रकमसमेत संकलन गरेका थिए ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराका अनुसार उनीहरूले हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भन्दै रकम संकलन गरेको खुलेको छ । प्रहरीले पक्राउ गरेका आठैजनाले राजस्व विभागको परिचयपत्रदेखि पोशाक र लेटरप्याडसमेत नक्कली बनाएको खुलेको छ । पक्राउ पर्नेमा नवलपरासी पूर्व हुप्सेकाट– ३ का बिनबहादुर बिक, पाँचथर फिदिम नगरपालिका–१ की सृजना भट्टराई, अछाम बान्निगढी गाउँपालिका– ६ का सागरजंग लुहार, सोही स्थानकी दुधकला बिक, सिन्धुपाल्चोक साँगगढी–३ की प्रमिशा तामाङ, नुवाकोट बेलकोटगढी–१ की अञ्जना तामाङ, कञ्चनपुर बेतकोट–९ का राजीव विष्ट र सोही स्थानका डेबिड धामी छन् । हालसम्म उनीहरूले ५ लाख ८ हजार ६४० रुपैयाँ संकलन गरेको भेटिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २७, २०७९ १९:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट