May 23, 2025 | शुक्रबार, जेष्ठ ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १, २०७९ 0९:४२
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन्। अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ। टर्कीको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या टर्कीमा २९ हजार ६ सय ५ र सिरियामा ३ हजार ५ सय ७४ पुगेको छ। १ लाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पातलमा उपचार गराईरहेका छन्।

दर्जनौं घाइतेको उद्धार कार्य जारी छ। एक सातासम्म पनि मानिसहरू भग्नावशेषमा पुरिएपछि मृतकको संख्या अझै बढ्न सक्ने समाचार संस्था एपीले जनाएको छ।

सिरियाको सीमानजिकै गएको भूकम्पबाट १४ लाख बालबालिकासहित करिब २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना विश्व स्वास्थ्य संगठनले औंल्याएको छ।

स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ मै गएको उक्त प्रकोपको अवधिमा अधिकांश मानिस घरभित्रै सुतिरहेकाले मानवीय क्षति बढी भएको अनुमान गरिएको छ।

यतिबेला टर्कीकै सुन्दर शहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ।  यहाँका बासिन्दाहरू आफ्ना सपनाका घरहरू खरानीमा परिणत भएकोमा अत्यन्त दुःखित छन्।

भूकम्प पीडित घरबारविहीन भएका मानिसहरू खुला आकाशमुनि बसेर आगोको सहारामा घरबाट बाहिर निस्केको भग्नावशेषका फोहोर हेरिरहेका छन्।  घरका अतिरिक्त विलासी कारहरू एवं  सवारी साधनहरू पनि भूकम्पबाट बच्न सकेनन् र भग्नावशेषमा परिणत भए।

यसैबीच सरकारले राहत उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाएको छ। अन्टाक्याको सुन्दर मस्जिद पनि भूकम्पको धक्काबाट बच्न सकेन,  भूकम्पले ध्वस्त भयो।

भूकम्प पीडित शहरमा चारैतिर आतंक छाएको छ । सडकमा प्रहरी र सेनाले एम्बुलेन्स र उद्धारका अन्य सवारीसाधनलाई बाटो देखाइरहेको दृष्य देख्न सकिन्छ ।

मृतकको सङ्ख्या बढ्दै जाँदा संयुक्त राष्ट्रसंघका राहत प्रमुख मार्टिन ग्रिफिथ्सले यस हप्ताको शुरुमा दक्षिणी टर्की र उत्तरपश्चिमी सिरियामा गएको शक्तिशाली भूकम्पलाई शताब्दीकै ‘सबैभन्दा नराम्रो घटना’ भनेर उल्लेख गरेका छन्।

यसैबीच यहाँको प्रहरीले भग्नावशेष क्षेत्रमा लुटपाट गरेको आरोपमा  १०० भन्दा बढीलाई गिरफ्तार गरेको टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ।

‘मिडिया प्रतिबन्धका कारण’ गुमनाम रहन चाहने सुरक्षा स्रोतहरूका अनुसार टर्कीको दक्षिणी हाते प्रान्तमा क्षतिग्रस्त भवनहरूमा लुटपाटमा संलग्न रहेको आरोपमा ४२ जना संदिग्धमाथि अनुसन्धान गरिएको थियो। ती मध्ये  ४० जनालाई पक्राउ गरिएको छ।

यसैगरी दक्षिणी गाजियन्टेपमा भूकम्प पीडितलाई फोनबाट ठगी गरेको आरोपमा इस्तानबुलमा कम्तीमा ६ जनालाई पक्राउ गरिएको सीएनएनले जनाएको छ।

देशका  भूकम्प प्रभावित अन्य क्षेत्रहरूमा लुटपाट र डकैतीको आरोपमा कैयौं अन्य संदिग्धहरूलाई पनि पक्राउ गरिएको सीएनएनले  बताएको छ।

संदिग्धहरूलाई कहरामनमारस, हाताय, अदियामान, मालत्या, ओस्मानी, अडाना, गाजियन्टेप र सानलिउर्फालगायत विभिन्न आठ प्रान्तबाट पक्राउ गरिएको  हो।

भूकम्पमा भुकम्प प्रतिरोधी नयाँ केही भवनहरू पनि ढलेपछि भवन सुरक्षाको मापदण्डबारे प्रश्न उठेको छ।

आधुनिक निर्माणको प्रविधि अनुसार निर्माण भएका भवनहरूमा यो हदसम्मको धक्काबाट ठूलो क्षति हुन नहुने भन्दै निर्माण व्यवसायीसँग सरकारले स्पष्टिकरण मागेको छ।

यसैबीच टर्की सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरूलाई पक्राउ पुर्जी जारी गरेको छ।

जसमध्ये टर्की प्रहरीले निर्माण ठेकेदारसहित कम्तीमा २१ जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ।

भूकम्प प्रतिरोध घर निर्माण नगरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। करिब तीन सय निर्माण कम्पनीका ठेकेदारहरू पक्राउ पर्ने समाचार एजेन्सी एपीले जनाएको छ।

सरकारले भूकम्प प्रतिरोध घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनीहरूले भूकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्ट्राचार गरेका कारण विशाल संरचना भत्कन पुगेको टर्की सरकारका अधिकारीले निष्कर्ष निकालेका छन् ।

ठेकदारले भूकम्प प्रतिरोधी घर नबनाएका कारण धेरैको ज्यान गएको टर्कीका सुरक्षा अधिकारीहरूले निष्कर्ष निकालेपछि निर्माण कम्पनी र त्यसका ठेकेदारहरूलाई पक्राउ गरिएको हो।

भूकम्पका क्रममा टर्कीका हजारौँ विशाल भवनहरू भत्किएका छन्।
सन् १९९९ मा देशको उत्तर पश्चिमी भूभागमा भूकम्पले १७,००० मानिसहरूको ज्यान लिएपछि भवन निर्माणको मापदण्डमा कडाइ गरिएको छ।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १, २०७९ 0९:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट