May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

एकीकृत समाजवादीमा मन्त्रीले काम गरेनन्

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १४:२८
एकीकृत समाजवादीमा मन्त्रीले काम गरेनन्
  • मन्त्रीहरूको काम-कारबाहीबारे छलफल
  • काममा सन्तुष्टि मान्ने अवस्था नरहेको 
  • सोमबारदेखि बैठक जारी

काठमाडौं ।।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को जारी केन्द्रीय सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको काम-कारबाहीबारे छलफल गरिएको छ । एक नेताका अनुसार बैठकमा पार्टीबाट मन्त्री बनेकाहरूको कामप्रति नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । “सरकारमा सामेल भएका मन्त्रीहरूको कामका विषयमा चर्चा भएको छ,” एक सचिवालय सदस्यले सँग भने, “मन्त्रीहरूको काममा सन्तुष्टि मान्ने अवस्था छैन । काम गराई सन्तुष्ट भएन भन्ने विषय उठेको छ ।”

सरकारमा एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री, उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री र नन्दा चापाईं राज्यमन्त्री छन् । एकीकृत समाजवादीका केही पदाधिकारी मन्त्री हेरफेर गर्नुपर्ने पक्षमा छन् । सोमबारदेखि बैठक जारी छ । सोमबारको बैठकपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले तीनै तहका सरकार सरकार असफल भएका र जनताका समस्या सम्बोधन नभएको बताएका थिए ।
  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १४:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।