September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा सरकार गठनका लागि दलहरुले दावी पेश गर्न सकेनन्

  • साझा परिवेश
  • शनिबार, पुस ९, २०७९ १६:३२
राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा सरकार गठनका लागि दलहरुले दावी पेश गर्न सकेनन्

 

काठमाडौँ पौष ०९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि तोकेको समय सकिन लागेको छ। गत आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि सात दिन भित्र दावि पेश गर्न सुचित गर्नु भएको थियो , तर राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा कुनैपनि दलले दाबी पेश गर्न सकेका छैनन् ।

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि बहुमत जुटाएर दाबी पेश गर्न सकेको छैन । सत्ता गठबन्धनको प्रमुख हिस्सेदार माओवादी केन्द्रले सरकारको नेतृत्व गर्न नपाए गठबन्धन नै तोडिन सक्नेसम्मको संकेत गरिरहेको छ।

प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ सिटमध्ये सरकार गठनका लागि १३८ सांसद चाहिन्छ जुन गठबन्धनसँग अपुग छ। बहुमत जुटाउनका लागि गठबन्धनले साना दल र स्वतन्त्र उम्मेदवारहरु संगको लविङलाई पनि तीव्रता त दिएको छ तर कुन दल सरकारमा जाने टुंगो छैन । नेकपा एमाले पर्ख र हेरको अवस्थामा छ।

सरकारको नेतृत्व गर्न माओवादी अध्यक्ष प्रचण्डले सशक्त दाबी गरेपछि कांग्रेसलाई सरकार निर्माणमा सहमति जुटाउन सकस परेको हो। कांग्रेस संसदको पहिलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्छ तर आफूले हतारो गर्दा कतै गठबन्धनै तोडिन होकी भन्ने त्रास कांग्रेसमा छ।

आफ्नै नेतृत्वमा सरकार गठन गर्न कांग्रेस राष्ट्रपतिले दिएको समयसिमा भित्र सरकार गठन गर्ने तयारीमा त छ तर सरकारको नेतृत्वमा माओवादीको पनि सशक्त दाबेदार भएका कारण कांग्रेसलाई सहमती जुटाउन कठिन छ। राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा संविधाको धारा ७६ को उपधारा २ बमोजिम सरकार निर्माण हुन नसक्ने देखिदैन यस्तो अवस्थामा सोही धारा अन्तरगत कै सरकार बनाउन राष्ट्रपति समक्ष थप समय माग्ने गठबन्धनको तयारी छ।

  • साझा परिवेश
  • शनिबार, पुस ९, २०७९ १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्