May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १२:१५
प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै
  • कांग्रेसको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै
  • क्यामेरा जडानकार्य हुँदै 
  • मिडियालाई फोटो भिडियो खिच्न दिइन्छ
  • त्यसपश्चात् सबै लाइभ हुन्छ

काठमाडौं ।।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै छ । पार्टीका प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रत्यक्ष प्रसारणको तयारी भइरहेको जानकारी दिए ।

आज दिउँसो १ बजेदेखि पार्टी मुख्यालय सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाको निर्देशनमा बैठकको प्रत्यक्ष प्रसारणको तयारी गरिएको विश्वकर्माले बताए ।

“अहिले हामीसँग उपलब्ध क्यामेरा प्रयोग गरेर हाम्रो आधिकारिक फेसबुक पेजबाट बैठक लाइभ गर्ने तयारी भएको हो । प्राविधिक साथीहरूले काम गरिरहनुभएको छ,” उनले भने, “बैठक सुरु भएपछि सधैँझै मिडियाका साथीहरूलाई फोटो भिडियो खिच्न दिइन्छ । त्यसपश्चात् सबै लाइभ हुन्छ । बेलाबेला मिडिया सेन्टरबाट हामी ब्रिफिङ पनि गर्छौँ ।”

सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए । बैठकमा बोलेका सबै कुरा मिडियामा छताछुल्ल भएको र यसले गलत सन्देश गएको भन्दै उनले लाइभ गर्ने प्रस्ताव गरेको देउवानिकट सहमहामन्त्री महेन्द्र यादव बताउँछन् ।

उनका अनुसार सभापति देउवाले आज एक दिन लाइभ गर्ने र प्रभावकारी भए निरन्तरता दिने र नभए लाइभ नगर्ने प्रस्ताव गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १२:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।