WordPress database error: [Can't change size of file (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`



काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पाँच वर्षको कार्यकालमा देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरे
आज सुरु भएको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनताको भावना अनुरुप काम गर्न अनुरोध पनि गरेका छन्।
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाइ दिँदै उनले उनले भने, ‘नव नियुक्त प्रधानमन्त्री माननीय प्रचण्ड जीलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना । नव नियुक्त मन्त्रीहरुलाई पनि बधाई।’
संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी रहेको उनले बताए।
