May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

स्थायी बासिन्दाहरुका लागी निःशुल्क रगत वितरण भक्तपुरमा

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १३:३४
स्थायी बासिन्दाहरुका लागी निःशुल्क रगत वितरण भक्तपुरमा

भक्तपुर ।।

  • स्थायी बासिन्दाहरुका लागी निःशुल्क रगत वितरण
  • चारैवटा स्थानीय तहमा स्थानीय बिरामीका लागि 
  • नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति
  • मनोजकुमार थापाले भक्तपुर जिल्लामा नेपालमै पहिलोपटक सम्झौता भएको बताए
  • एक वर्षको अवधिमा रेडक्रसले ५१ हजार ५६ पिन्ट रगत उपलब्ध गराएको
  • सुविधा प्राप्त गर्न सम्बन्धित नगरपालिकाको स्थायी बासिन्दा हुनु जरुरी
  • बसाइँसराइ गरी आएको भए बसाइँसराइ प्रमाणपत्र पनि पेश गर्नुपर्ने
  • नागरिकता वा मतदाता परिचयपत्र देखाउनुपर्ने

भक्तपुर जिल्लाका स्थायी बासिन्दाहरुका लागी निःशुल्क रगत वितरण भइरहेको छ । चारैवटा स्थानीय तहमा स्थानीय बिरामीका लागि गत वर्ष सुरु गरिएको निःशुल्क रगत वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति मनोजकुमार थापाले भक्तपुर जिल्लामा नेपालमै पहिलोपटक निःशुल्क रगत वितरणको सम्झौता भएको बताए ।

चारवटै नगरपालिका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायणसँग छुट्टाछुट्टै सम्झौता गरेर नगरवासीका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले निःशुल्क रगत प्रदान गर्दै आएको छ । ‘बिरामीले निःशुल्क रगत पाउन थालेपछि विपन्न नागरिकलाई निकै राहत पुगेको अनुभव छ,’ सभापति थापाले भने, ‘बिरामीलाई वितरण गरिएको रगतको शुल्क नगरपालिकाहरुले व्यहोर्ने गरेका छन् ।’ एक वर्षको अवधिमा रेडक्रसले ५१ हजार ५६ पिन्ट रगत उपलब्ध गराएको उनले जानकारी दिए ।

यसलाई शतप्रतिशत बनाउन अन्य नगरपालिका, गाउँपालिका र अस्पतालहरुसँग सहकार्य गर्दै जाने योजना रहेको समेत उनले बताए । साथै रगत लिन आउने कोही पनि बिरामीका आफन्त खाली हात जानु नपरोस् भन्ने उद्देश्यले भक्तपुरको दूधपाटीस्थित सिद्धपोखरी र काठमाडौंको जमलमा दैनिक रक्तदान कार्यक्रम हुँदै आएको छ ।

सेवा लिने प्रक्रिया 

निःशुल्क रगतको सुविधा प्राप्त गर्न सम्बन्धित नगरपालिकाको स्थायी बासिन्दा हुनु जरुरी छ । यसका लागि उक्त नगरपालिकाको स्थायी बासिन्दा पुष्टि गर्ने सरकारी कागजात जस्तै, नागरिकता वा मतदाता परिचयपत्र देखाउनुपर्ने हुन्छ । बसाइँसराइ गरी आएको भए बसाइँसराइ प्रमाणपत्र पनि पेश गर्नुपर्ने हुन्छ । त्यसैको आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइन्छ ।

यसरी वितरण 

भक्तपुर जिल्लाका चारैवटा नगरपालिकामा गरी हालसम्म दुई हजार १६७ पिन्ट निःशुल्क रगत वितरण भएको तथ्यांक छ । सबभन्दा बढी भक्तपुर नगरपालिकाका बिरामीबाट रगत माग हुने गरेको छ । भक्तपुर नगरपालिकामा ८१६ पिन्ट वितरण गरिएको छ । त्यस्तै मध्यपुरथिमिमा ६०५ पिन्ट, चाँगुनारायणमा ५३२ पिन्ट र सूर्यविनायक नगरपालिकामा २१४ पिन्ट निःशुल्क रगत सेवा लिएको तथ्यांकमा उल्लेख छ ।

योबाहेक भक्तपुर नगरपालिकाको भक्तपुर अस्पतालमा प्रसूति सेवा लिने बिरामीको लागि निःशुल्क रगतका सम्झौता भएको छ । जसमा एक हजार ४६८ पिन्ट रगत वितरण गरिएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।