sweet bonanza
May 16, 2026 | शनिबार, जेष्ठ ३, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गृहमन्त्रीले भेटे निर्मला कुर्मीको न्यायका लागि धर्नारत अधिकारकर्मीहरूलाई

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ १६:0८
गृहमन्त्रीले  भेटे  निर्मला कुर्मीको न्यायका लागि धर्नारत अधिकारकर्मीहरूलाई

नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गरेका छन् ।

भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे । यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरन्तर लागिरहेको उनले बताए ।

निर्माला कुर्मीको अपहरण र बेपत्ता बनाउने घटनामा राजनीतिकर्मीकै सम्लग्नता रहेको आरोप छ । लामिछानेले जो सुकैको सम्लग्नता भए पनि दोषीलाई कारवाही गरेरै छाड्ने बताए ।

विधवा महिला निर्मला कूर्मीको अपहरण शरीर बन्धक गरी हत्या गरेको अभियोगमा न्याय नमिलेको भन्दै महिला अधिकार मञ्च बाँकेले काठमाडौंको माइतीघरमा तेस्रो चरणको आन्दोलनको गरिरहेको छ ।

 

२०७८ साल मंसिर ९ गतेदेखि पुष २० गतेसम्म माइतीघरमा अनसनमा बसेपछि सरकारसँग वार्ता भएर उक्त मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने सहमती भएको थियो ।

तर मुख्य आरोपित बादशाह कुर्की मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसबाट बाँके क्षेत्र नं. ३ प्रदेशसभा (ख) मा विजयी भएका छन् । बादशाह कुर्मीको उम्मेदवारी खारेजीको माग गर्दै महिला अधिकार मञ्च बाँकेले कात्तिक २९ गते जिल्ला निर्वाचन कार्यालय बाँकेमा उजुरी समेत दिएको थियो ।

 

नेपालगञ्ज उपमहानगर–१७ की एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान कसुर मुद्दामा कांग्रेस नेता कुर्मीसहित आठजनाविरुद्ध २० चैत २०७७ मा बाँके प्रहरीमा जाहेरी दर्ता भई जिल्ला अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको थियो ।

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ १६:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid