March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण

१५ माघमा माइतीघरमा बालेनविरुद्ध धर्नाको तयारी

  • साझा परिवेश
  • सोमवार, माघ ९, २०७९ १९:५0
१५ माघमा माइतीघरमा बालेनविरुद्ध धर्नाको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) विरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले धर्ना एवं प्रदर्शन गर्ने भएको छ ।समितिका संयोजक सुमन सायमीका अनुसार काठमाडौंको माइतीघर मण्डलामा १५ माघमा मेयर बालेनविरुद्ध प्रदर्शन र धर्ना हुन लागेको हो ।

मेयर बालेनका कारण काठमाडौंबासी त्रासमा रहेको भन्दै उनीविरुद्ध धर्नाको तयारी गरिएको सायमीले बताए ।

मेयर बालेन साह स्वेच्छाचारी एवै निरंकुश बन्दै गएका कारण उनी विरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ ।

संविधानले सुरक्षित गरेको सम्पत्ति सम्बन्धी मौलिक हकको बेवास्ता गर्दै जनताको निजी घर भत्काउने कार्य गरेको, कथित विकासको नाममा अध्ययन र योजनाविना डोजर आतंक फैलाएर आदिवासीको भूमि अतिक्रमण गरेको उनीहरुले आरोप लगाएको छ ।

कानुनी प्रक्रिया नै नपुर्‍याइ अनाधिकृत रुपमा निजी घरवासमा प्रवेश गरेर महानगरले ज्यादती गरेको उनीहरुको आरोप छ ।

  • साझा परिवेश
  • सोमवार, माघ ९, २०७९ १९:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।