sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गृह मन्त्रालयका कारण सत्ता साझेदार दलमा ‘खटपट’

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0८:४६
गृह मन्त्रालयका कारण सत्ता साझेदार दलमा ‘खटपट’

काठमाडौं। गृहमन्त्रालयलाई लिएर सत्ता साझेदार दलबीच खटपट सुरु भएको छ। सर्वोच्च अदालतले नागरिकता खारेज गरेपछि गृहमन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः गृहमन्त्रालयमा दाबी गरेपछि सत्ता साझेदार दलहरुबीच खटपट सुरु भएको छ।

आफ्नो पार्टीलाई गृहमन्त्रालय नै चाहिने रास्वपाको दाबी र गृह मन्त्रालय आफैंसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडानमा प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहमति अनुसार गृहमन्त्रालय रास्वपाले पाउनु पर्ने बताएपछि साझेदार दलबीच अविश्वासको वातावरण सृजना भएको हो।

मंगलबार गृहमन्त्रालयका विषयमा छलफल गर्न बालुवाटार पुगेका रविलाई प्रधानमन्त्री प्रचण्डले तत्काल गृह मन्त्रालय दिन नसक्ने जवाफ दिएका थिए। मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा पनि प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय कसैलाई पनि नदिने बताएका थिए।
तर रास्वपाले भने पूर्व सहमति अनुसार गृहमन्त्रालय आफूले नै पाउनु पर्ने बताउँदै आएको छ।

रास्वपा संसदीय दलका नेता एवं श्रम मन्त्री डिपी अर्याल गृहमन्त्रालयमा आफूहरुको दाबी भन्दा पनि पूर्व सहमति अनुसार सो मन्त्रालय आफूहरुको नै भएको बताउँछन्। ‘यसमा दाबी गर्ने भन्ने नै होइन,’ अर्यालले डिसी नेपालसँग भने, ‘पुस १० गते भएको सहमति अनुसार नै गृहमन्त्रालय रास्वपाको भागमा परेको हो। प्राविधिक कारणले अहिले रिक्त रहेको मन्त्रालय स्वभाविक रुपमा रास्वपाले नै पाउँछ।’

रास्वपाले आफूले गृहमन्त्रालय पाउनु पर्ने दाबी गरिरहँदा सो मन्त्रालयमा फेरि रवि लामिछाने नै जाने दाउमा छन्। लामिछानेले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकता लिइसकेका छन्।

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0८:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid