May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

१०० रोपनी जग्गा दिनुस् सरकार, क्रिकेट स्टेडियम बनाउन हामी पहल गर्नेछौं : बालेन

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १0:३९
१०० रोपनी जग्गा दिनुस् सरकार, क्रिकेट स्टेडियम बनाउन हामी पहल गर्नेछौं : बालेन
  • महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने
  • पाल्लेकेले रंगशाला जस्तै जग्गा बाहेक ८०-९० करोडमा बनाउन सकिने 
  • एकै खेलबाटै करोडौं रकम आर्जन हुने 
  • यस्तो रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास  हुने 

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं ।’

नेपाल र भारतको खेल भएको पाल्लेकेले रंगशाला त्रिभुवन विश्वविद्यालयको क्रिकेट स्टेडियम जस्तै भए पनि प्यारापिट र केही सुविधा भएको भन्दै इन्जिनियरसमेत रहेका उनले यस्तै सुविधाको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा बनाउन सकिने बताएका छन् । उनले लेखेका छन्, ‘यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ ।’

बालेन खेलाडी र तल्लो तहमामा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एउटा एउटा बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरि सकेको स्मरण गराएका छन् । क्रिकेट समर्थकको रुपमा खेल हेर्न श्रीलंका पुगेका उनले नेपालीहरु देखेर श्रीलंकाको अध्यागमनका कर्मचारी नै आश्चर्यमा परेको बताएका छन् ।

‘यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?’ श्रींलंकाको अध्यागमनका कर्मचारीले प्रश्न गरेको भन्दै उनले लेखेका छन्, ‘ श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए ।’

स्टेडियममा नेपाली समर्थकको संख्या १५०० देखि २००० को बिचमा र भारतीय समर्थकको संख्या ४०-५० जना जति पाएको उनले बताएका छन् । नेपालसँगको खेल भारतले सजिलै जित्ने सोचेको र खेल अघि बढेसँगै भारतीय खेलाडी पूरै रक्षात्मक बनेको अनुभव गरेको बालेनले बताएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।