sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काठमाडौंमा बन्दको आंशिक प्रभाव

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २, २०७९ 0८:४0
काठमाडौंमा बन्दको आंशिक प्रभाव

काठमाडौं । आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार आह्वान गरेको सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव परेको छ ।

केही बस, माइक्रो बस र ट्याक्सीहरु चलिरहेका छन् । यद्यपि अघिल्ला दिनको तुलनामा कम संख्यामा सार्वजनिक गाडीहरु चलेका छन् । त्यसैले यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य छन् । केही पैदलै हिँडेर गन्तव्यमा जान बाध्य छन् । सार्वजनिक बाहेकका यातायातका साधन भने निर्वाध चलिरहेका छन् ।

यातायात मजदुरहरुले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको आरोप लगाउँदै सार्वजनिक यातायत बन्द आह्वान गरेका हुन् । बन्दमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ संलग्न छन् । उनीहरुले हिजो काठमाडौंको बालाजु क्षेत्रमा गरेको विरोध प्रदर्शनमा तोडफोड र आगजनीसमेत भएको थियो ।

सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेर त्यहाँका मोबाइल पसलसहितका केही पसलमा तोडफोड गरेको थियो । उत्तेजित भीडले माछापोखरीमा सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलाएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २, २०७९ 0८:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid