April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

तीन महिनामा २ वटा हेलिकप्टर दुर्घटना भएपछि मनाङ एअरको उडान अनुमतिपत्र निलम्बन

  • साझा परिवेश
  • शनिबार, अशोज २७, २०८० १८:३0
तीन महिनामा २ वटा हेलिकप्टर दुर्घटना भएपछि मनाङ एअरको उडान अनुमतिपत्र निलम्बन

काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एअरको उडान अनमतिपत्र एओसी नै निलम्बन गरिदिएको छ । पछिल्लो ३ महिनामा २ पटक दुर्घटना भएको र अब मनाङसँग उडाउन योग्य एउटा पनि साधन नभएकोले उडान अनुमतिपत्र नै निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।

अब मनाङसँग उडानयोग्य जहाज र उडान सुरक्षाको भरपर्दो प्रतिबद्धतापछि मात्रै उसलाई एओसी दिइने उहाँको भनाइ छ । मनाङको एउटा हेलिकप्टर गएको जुलाई ११ तारिखमा सुर्केबाट काठमाण्डौ आउँदै गर्दा लामोजुरामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो भने अर्को आज दुर्घटनामा परेको छ ।

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले छोटो समयमा भएको दुइवटा दुर्घटनाले कम्पनीलाई ठूलो क्षति भएको बताउनुभयो । उहाँले दुई वटा हेलिकप्टर दुर्घटना हुँदा एकातिर कम्पनीलाई ठूलो क्षति भएको र अर्कातिर उडान अनुमति निलम्बन भएको बताउनुभयो ।

उहाँले अर्डर गरेको अर्को हेलिकप्टर चार महिनापछि मात्रै आउने जानकारी दिनुभयो । मनाङ एयरको ‘एन–एनजे’ कलसाईन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेडाईँ खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

उहाँको काठमाण्डौको ह्याम्स अस्पतालमा उपचार भैरहेको छ । बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो ।

  • साझा परिवेश
  • शनिबार, अशोज २७, २०८० १८:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।