sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सन्दीप लामिछानेको मुद्दा सुनुवाई हुदै

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १४, २०७९ १३:३१
सन्दीप लामिछानेको मुद्दा सुनुवाई हुदै

काठमाडौं ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा परेको पुनरावेदनमा सुनुवाइ सुरु भएको छ। पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएपनि उनलाई विदेश भ्रमणको अनुमति दिएको छैन।

सन्दीपले आफूलाई विदेश भ्रमणमा लगाइएको प्रतिवन्द फुकुवा गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेका थिए। सन्दीपलाई धरौटीमा छोड्ने पाटन उच्च अदालतको आदेशविरूद्ध सरकारी वकिल कार्यालयले सर्वोच्चमा रिट दिएको छ। उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने महान्यायाधीवक्ता कार्यालयको माग छ।

महान्यायाधिवक्ता कार्यालय र सन्दीपको निवेदन एकैसाथ राखेर आज सुनुवाइ सुरु भएको हो। महान्यायाधिवक्ता सपना मल्ल प्रधान र कुमार चुडालक बन्द इजलासमा मुद्दाको सुनवाई सुरु भएको हो।

लामिछानले विश्वकप लिग–२ अन्तर्गतको खेलमा सहभागी हुन पाउँ भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल क्रिकेट संघ (क्यान)ले पनि सन्दीप टिमको महत्पूर्ण खेलाडी रहेको र विदेश लैजाने र ल्याउने जिम्मा आफूहरूले लिने भन्दै सर्वोच्च अदालतसमक्ष अपील गरेका थिए।

शुक्रबार सो मु्द्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले सन्दीपलाई युएई भ्रमणमा सहभागी हुन नपाउने आदेश दिएको थियो।

उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो। नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले विदेश भ्रमणमा रोक लगाउनेगरी धरौटीमा रिहा गरेको थियो।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १४, २०७९ १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid