April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

वन फँडानीमा आबद्द वडाध्यक्षसहित ४ जना पक्राउ

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:३५
वन फँडानीमा आबद्द वडाध्यक्षसहित ४ जना पक्राउ
  • रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ
  • रूख फँडानी गरेको भन्दै वडाध्यक्ष  वलीविरुद्ध उजुरी
  • निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भए

 दाङ ।।

अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष तुल्से वली, ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी (विजय) र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् ।

चौरजहारी नगरपालिका- ११ स्थित जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फँडानी गरेको आरोपमा मंगलबार वडाध्यक्ष तुल्से वलीलाई डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो । मनोमानी ढंगले सामुदायिक वन क्षेत्रका ३५ वटा सल्लोको रूख फँडानी गरेको भन्दै वडाध्यक्ष  वलीविरुद्ध उजुरीका परेको थियो ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले अनुसार आरोपी चारै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताए । पक्राउ परेका वडाध्यक्ष वली गत ०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

 

 

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।