April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

हत्या गरी फरार भएका व्यक्ति १९ वर्षपछि पक्राउ

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १४:५४
हत्या गरी फरार भएका व्यक्ति १९ वर्षपछि पक्राउ
  • १९ वर्षपछि साधुको भेषमा पक्राउ परे
  • साधुको भेषमा सोमबार साँझ प्रहरीले पक्राउ गर्यो 
  • साधुको रूपमा लुकिछिपी बसेको

काठमाडौं ।।

चितवनमा हत्या गरी फरार रहेका एक व्यक्ति १९ वर्षपछि साधुको भेषमा पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईंलाई साधुको भेषमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

खोजी गर्ने क्रममा नवलपरासी पश्चिम वर्दघाट नगरपालिका–४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रूपमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ । चापागाईं भरतपुर महानगरपालिका–७ बस्ने मनकुमारी वाग्लेको हत्या गरी फरार भएका थिए । नातामा नाति पर्ने चापागाईंले २०६१ मंसिर १४ गते मनकुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या गरेका थिए । हत्यापश्चात कानमा लगाएको गरगहनासमेत लुटी फरार भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १४:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।