April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

प्रदेश १ को प्रस्तावित नाम ‘कोशी’ बहुमतले स्वीकृत

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १७, २०७९ १९:२८
प्रदेश १ को प्रस्तावित नाम ‘कोशी’ बहुमतले स्वीकृत

देश १ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘किराँत–लिम्बुवान–सगरमाथा’ नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दर्ता गराएको सो नामको प्रस्ताव अस्वीकृत भएको हो।

नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बुको समर्थनमा दर्ता गराइएको थियो। तर बुधबार बसेको प्रदेशसभा बैठकमा सो नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

नामकरणका निम्ति प्रदेशसभामा नेकपा एमाले र नेपाली कांग्रेसले दर्ता गराएको ‘कोशी’ नामको प्रस्ताव भने स्वीकृत भएको छ। प्रदेशसभाका बहुमत सांसदहरूको समर्थनमा सो प्रस्ताव छलफलका निम्ति स्वीकृत भएको प्रदेशसभा सचिवालयका प्रवक्ता चन्द्रमणि पोखरेलले बताए।
उनले हाल उक्त प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘नाममाथिको छलफल सकिएपछि मत विभाजन हुन्छ । मत विभाजनमा प्रदेशसभाको दुईतिहाइ बहुमतले नाम पारित गरेपछि प्रदेशले नाम पाउँछ ।’ प्रदेशसभामा हाल भने ‘कोशी’ नाममाथिको छलफल जारी छ । ६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरेपनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ ।

प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तिहाई सांसदको समर्थन हुनुपर्ने संबैधानिक व्यवस्था छ । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १७, २०७९ १९:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट