April 2, 2023 | आइतवार, चैत्र १९, २०७९
सुचनाहरु
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा आज देशका यी ठाउँमा पानी पर्ने सम्भावना १५ दिन नपुग्दै उप्कियो कालोपत्रे : कैलाली प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित :बालुवाटार जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने पक्का पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले इटहरीमा एक युवकमाथि छुरा प्रहार तीन महिनामा धेरै काम भएका छन् तर केहि बेथिति रोकिएको छ : प्रधानमन्त्री १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही श्रम स्वीकृतिको आवेदन वैशाख १ देखि दिन मिल्ने आपराधिक अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट आज दर्ता हुँदै

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २१, २०७९ 0८:२५
प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट आज दर्ता हुँदै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिए पछि राजनीतिक वृत्त तरंगित भएको छ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिए पछि दुई बर्ष पछि रिट दर्ता हुन लागेको हो।

२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि दर्ता हुन सकेको थिएन।

दर पिठ भए पछि पुनः कात्तिक २४ गते भएको दरपिठविरुद्ध उनीहरू पुनः मङ्सिर ७ गते सर्वोच्च अदालतमा दरपिठविरुद्ध रिट लिएर पुगेका थिए। सोही रिटमा सुनवाई गर्दै न्यायशीशद्वय खतिवडा र फुयाँलले मुद्दा दर्ता गर्न आदेश दिएका छन्।

१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका पाँच हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए।

व्यक्ति हत्यामा संलग्नको पहिचान गर्न कठिनाइ भइरहेका बेला पाँच हजार व्यक्तिको हत्याको जिम्मा आफूले लिन्छु भनेको प्रचण्डको सन्दर्भसमेतलाई उल्लेख गर्दै उनीहरूले यसका अलवा द्वन्द्वकालमा गरिएको सम्पत्ति लुटपाट विस्थापन बेपत्तालगायत सबै घटनाको जिम्मेवारी प्रचण्डले लिनुपर्ने जिकिर गरेका छन्।

निवेदकहरूले २०५२ सालमा माओवादीले थालेको सशस्त्र हिंसामा आफ्ना आफन्तहरूको हत्या गरिएको, बेपत्ता बनाइएको र त्यसको मूल जिम्मेवार माओवादी अध्यक्ष प्रचण्ड भएको भन्दै न्यायको माग गरेका छन्।

दुई निवेदनमध्ये एउटामा सशस्त्र द्वन्द्वकालमा मारिएकाहरूको हकमा प्रचण्डले सार्वजनिक रूपमा नै जिम्मेवारी लिएकाले उनीमाथि छानबिनको माग गरिएको छ। अर्को निवेदनमा द्वन्द्वका कारण विस्थापित, घाइते र सम्पत्ति हरण भएकाहरूले संलग्नमाथि कारबाही र आफूलाई भरणपोषणको व्यवस्था हुनुपर्ने माग गरेका छन्।

के हो पाँच हजार मारेको प्रसंग ?

२०६/६३ को जनआन्दोलन सफल भएसँगै शान्ति प्रक्रियामा आएको माओवादीले ०६४, ०७० र २०७४ को चुनाव लड्यो। प्रचण्ड दुईपटक प्रधानमन्त्री बने भने अहिले तेस्रोपटक प्रधानमन्त्रीको कार्यभार सम्हालिरहेका छन्।

सशस्त्र विद्रोहबाट आउनुभएका अर्का नेता डा. बाबुराम भट्टराईले पनि मुलुकको नेतृत्व सम्हाले। माओवादीले थुप्रैपटक सरकारको नेतृत्व गरिसक्यो।

तर, प्रचण्डलाई १७ हजार मान्छे मारेको आरोपले पछ्याउन छाडेको छैन। २०७६ सालको माघी महोत्सवमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए। उनीभन्दा अगाडि सम्बोधन गरेका केही वक्ताले त्यही १७ हजारको कुरा निकाले।

त्यसपछि प्रचण्डले यसबारे मुख खोले। उनले भनेका थिए, मलाई १७ हजार मारेर आएको भन्ने गरिन्छ। यो सत्य होइन।’ साथीहरू यो सत्य होइन । यो सत्य होइन, सत्य के हो भने हिजोका सामन्त राजाहरूले १२ हजार मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु। तर, हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन। मैले सधैँ भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा नराम्रा काममा म जिम्मेवारी लिन्छु। म त्यसबाट भाग्ने हुनै सक्दैन। तर, नगरेको कामको दोष पनि मलाई थुपार्नुभएन।’

www.dcnepal.com

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २१, २०७९ 0८:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट