October 3, 2023 | मङ्लबार, अशोज १६, २०८०
सुचनाहरु
नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न राप्रपा सांसदकाे अपिल जनयुद्ध दिवसको बिदा फिर्ता नलिए त्यसबिरुद्द कदम चाल्ने ओलीको चेतावनी स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन जारी फागुन १ को बिदा फिर्ता लिन प्रधानमन्त्रीलाई ओलीको अल्टिमेटम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति कोशी प्रदेशसभाको बैठक भोलि बस्ने विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु प्रतिनिधि चयनको बिरोधमा एमाले पार्टी कार्यालयमा लगाइयो ताला अध्यक्ष प्रचण्डले पार्टीलाई गराए चीन भ्रमणको बिफ्रिङ कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयबिरुद्द सर्वोच्चमा रिट यो वर्ष नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण राष्ट्रपतिद्वारा भएको कैद मिनाहामाथि ओलीको प्रश्न स्वास्थ्यकर्मीको रक्षा गर्नुपर्छ, सम्झौता गरिएको २४ घण्टा नबित्दै आक्रमण हुनु दुःखद : महामन्त्री गगन आन्दोलनरत डाक्टरहरु नियमित काममा जान थाले नेपालगञ्जले धार्मिक सद्भाव गुमायो भन्दै सदनमा हल्ला चलेपछि….. बुद्धचित्तका माला व्यापारीको अपहरण आरोपमा दुईजना पक्राउ दोलखामा फेला परेको ११ किलो सुन प्रकरणमा थप ३ जना पक्राउ नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश नेपालमा भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

आठ दलीय बैठक : सिंहदरबार

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ १५:१२
आठ दलीय बैठक : सिंहदरबार

आठ दलीय गठबन्धनको बैठक सिंहदरबारमा जारी छ। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठक राष्ट्रपति निर्वाचन, समसामयिक विषयमा केन्द्रित छ।
राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ। आठ दलले साझा उम्मेदवारका रुपमा कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ। नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।

यता प्रधानमन्त्री  एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’विरूद्ध आजै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। प्रचण्डविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइका लागि बिहीबारलाई पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ। यस विषयमा पनि आजको ८ दलको बैठकमा छलफल हुने स्रोतले जनाएको छ।

रिट निवेदक अधिवक्ता ज्ञानेन्द्रराज आरणले मंगलबार बिहान सर्वोच्च पुगेर प्रचण्डविरुद्ध रिट दायर गरेका हुन्। गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो। अधिवक्ता आरणले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।

९ दलको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म तथा भावना विपरित काम भएको भन्दै त्यसविरुद्ध एक जुट हुने निर्णय गरेको थियो।

संक्रमणकालिन न्यायका विषयमा उठेको बहसले पनि गठबन्धनको ध्यानाकर्षण भएको ९ दलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो। ’शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरुप तार्किक निस्कर्षमा पुरÞ्याउन हामी प्रतिबद्ध छौं,’ विज्ञप्तिमा भनिएको छ, ’विगतमा सम्बन्धित विषयमा कानून निर्माण र आयोग गठन गरी केही काम सम्पन्न भएको सर्वविदितै छ। यसबारे बाँकी कामहरु अविलम्व पूरा गरिनेछन्।’

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट