May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

ओली र रविलाई विश्वप्रकाशको कडा दनक

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० ११:३४
ओली र रविलाई विश्वप्रकाशको कडा दनक
  • मिसन-०८४ छाडेर भिजन ०९५ मा लाग्न आह्वान
  • देश कस्तो बनाउने भन्ने खाका प्रस्तुत गर्न चुनौती
  • चुनावको नभएर देश र नागरिकको भविष्यको चिन्तन गर्नुस्

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मिसन-०८४ छाडेर भिजन ०९५ मा लाग्न आह्वान गरेका छन् । अछाम कांग्रेसको कार्यक्रमलाई सोमबार सम्बोधन गरेका शर्माले ०८४ मा हुने नियमित चुनावमा आ-आफ्नो दललाई मत त्यसबेला नै माग्नुपर्ने भन्दै १०/१५ वर्षमा देश कस्तो बनाउने भन्ने खाका प्रस्तुत गर्न चुनौती दिए ।

“आगामी १५ वर्षपछि देशलाई कहाँ पुर्‍याउने त्यो विषयमा दलहरूले चिन्ता गरौँ न,” महामन्त्री शर्माले भने, “सरकार त आउँछ जान्छ, हिँड्ने बाटो र पुग्ने लक्ष्य प्रष्ट भए जताबाट गए पनि पुगिन्छ । तर, देशलाई निश्चित अवधिमा पुर्‍याउने कहाँ हो त्यसको लक्ष्य निर्धारण र हासिल गर्ने बाटो महत्वपूर्ण हुन्छ ।” उनले ओली र लामिछाने दुवैले मिसन ०८४ भनिरहेको भन्दै त्यसको के अर्थ छ भनेर प्रश्न समेत उठाए । केही दिनअघि ओली मिसन ०८४ भन्दै अछाम पुगेको भन्दै उनले ओलीप्रति व्यङ्ग्य समेत गरेका थिए ।

“दुई–तीन दिनअघि तपाईंहरूको जिल्लामा मेरो जिल्लावासी, बडेबडे झापाली आउनुभएको थियो । तपाईंहरूलाई रमाइलो भयो कि नरमाइलो थाहा भएन । बडेबडे झापालीको मूल लक्ष्य मिसन ०८४ भन्नुभएको छ,” ओलीको नाम नलिइकन शर्माले भने, “एउटा नयाँ पार्टी रवि लामिछानेजीको नेतृत्वमा संसद्मा उभिएको छ, उसले पनि मिसन ०८४ भन्दैछ । मिसन ८४ भनेको के हो ? के कांग्रेसले २००७ सालमा राणाशासन छलेर जनतालाई स्वतन्त्रता दिएको जस्तै हो ?”

०८४ सालमा नियमित चुनाव मात्र हुने र त्यसले एउटा नयाँ सरकार दिने उनको भनाइ थियो । “न २००७ सालको क्रान्ति, न हिंसाबाट शान्ति’ जम्माजम्मी ०८४ मा चुनाव हुन्छ, चुनाव हुने कुन ठूलो कुरा भयो ? चुनाव पहिला पनि हुन्थ्यो, अब पनि हुन्छ,” शर्माले भने, “अब्बल विद्यार्थी त्यो होइन, जसले परीक्षाको चिन्ता गर्छ । अब्बल विद्यार्थी त्यो हो जसले पढाइको चिन्ता गर्छ ।”

उनले जिम्मेवार राजनीतिक दलले चुनावको नभएर देशको र नागरिकको भविष्यको चिन्तन गर्नुपर्ने भन्दै ओली र लामिछानेलाई चुनावको शुभकामना दिएका थिए ।  “०८४ सालको चुनावको ओलीजी र लामिछानेजीलाई शुभकामना छ,” शर्माले भने ।

उनले कांग्रेस मिसन ०८४ को घोषणा र चुनावी चिन्तामा नरहेको बताए । “०८४ को वैशाखतिर चुनाव घोषणा होला, चुनावको चिन्ता त्यतिबेला नै गरौंला,” शर्माले भने, “तर अहिलेलाई हामीले ०८० को चिन्ता गरौँ । बाटो, बिजुली के–के गर्न बाँकी छ, काम गर्दै जाऔँ । मंगलसेनको दरबार किन बनेन भनेर जनताले सोधिरहेछन्, अब त्यो पनि ०८४ पछि खोज्ने त ? यस्तो कुरा हुँदैन ।”

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।