December 14, 2024 | शनिबार, मंसिर २९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नेपालको शानदार जित, सन्दीपले लिए चार विकेट

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २५, २०७९ १६:५९
नेपालको शानदार जित, सन्दीपले लिए चार विकेट

नेपालका लागि सन्दीपले १० ओभरमा ३७ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई र र कुशल मल्लले एक विकेट लिएका छन्। नेपालले एक विकेट रन आउटमा लिएको थियो।

काठमाडौं ः सन्दीप लामिछानेको चार विकेटप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा ५२ रनको जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा दुई सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४७.१ ओभरमा अल आउट हुनुअघि दुई सय ४५ रन मात्रै बनाउन सफल भयो।

नेपालका लागि सन्दीपले १० ओभरमा ३७ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई र र कुशल मल्लले एक विकेट लिएका छन्। नेपालले एक विकेट रन आउटमा लिएको थियो।

पीएनजीका टोनी उरा ४४ बलमा ९ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर सन्दीपको बलमा आरिफको हातबाट क्याच भए। यस्तै, किप्लिन डोरिगा २६ तथा सेसे बाउ तीन रनमा पेभेलियन फर्के। कप्तान आसाद भाला ४२ रन जोडेर आउट भए। नोमन भानुवा ५५ बलमा ६० रनको अर्धशतकीय इनिङ खेले। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

आशिफ शेखको शतकीय इनिङप्रेरित नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनको योगफल तयार गरेको थियो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो। नेपालका लागि ओपनर आसिफ शेखले एक सय १० बलमा १२ चोका र दुई छक्कासहित एक सय १० रनको शानदार इनिङ खेले।

यस्तै, अर्का ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौहासहित ४५ रन जोडेर आउट हुँदा कप्तान रोहित पौडेलले ३० रन जोडे। भीम सार्की ३८ बलमा चार चौकासहित ४४ रन बनाएर आउट हुँदा सोमपाल कामी चार रनमा अविजित रहे।

पीएनजीका लागि सेमो कामेयाले ९.१ ओभरमा ३८ रन खर्चैर सर्वाधिक पाँच विकेट लिए। यस्तै, रिले हेकुरेले तीन तथा अलेई नाओले एक विकेट लिएका थिए। नेपालले बाँकी तीनै खेलमा जित निकाले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। यस्तै, दुई खेल मात्रै जिते पनि एकदिवसीय मान्यता जोगाउन पर्याप्त हुनेछ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २५, २०७९ १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्