April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

काठमाण्डाै उपत्यकाका यी क्षेत्रमा भाेलिदेखि शनिवारसम्म ६ घण्टा बिजुली कटाैती हुने

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ४, २०८१ १४:३३
काठमाण्डाै उपत्यकाका यी क्षेत्रमा भाेलिदेखि शनिवारसम्म ६ घण्टा बिजुली कटाैती हुने

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा भोलि बुधवारदेखि वैशाख ८ गते शनिवारसम्म छ घण्टा बिजुली कटौती हुने भएको छ ।

विद्युत् प्राधिकरणले आज सूचना निकालेर स्युचाटारदेखि बालाजु सबस्टेशनसम्म रहेको १ सय ३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तारलाई बदल्ने र मर्मतको काम गर्न लागेको जनाएको छ । प्राधिकरणले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली नआउने जानकारी दिएको छ ।

बिजुली कटौती हुने क्षेत्रहरूमा सीता पाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचगु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक क्षेत्र, सानो भर्‍याङ, ठूलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गे धारा, क्लब घर र बालाजु सबस्टेशन पछाडि तरकारी बजार रहेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ४, २०८१ १४:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।