May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

सुमना श्रेष्ठ : प्रतिवेदन दिन पत्रकार सम्मेलन गर्नुपर्ने ठाउँमा किन सुटुक्क मन्त्रालयलाई मात्र दिएको ?

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १२:३0
सुमना श्रेष्ठ :  प्रतिवेदन दिन पत्रकार सम्मेलन गर्नुपर्ने ठाउँमा किन सुटुक्क मन्त्रालयलाई मात्र दिएको ?
  • एनसेल खरिद–बिक्रीबारे उच्चस्तरीय छानबिन समितिको हैसियतमा सुमनाको प्रश्न
  • समितिले सुटुक्क प्रतिवेदन किन बुझाउने ?
  • पूर्वप्रधानमन्त्रीसँग बयान लिन नसके हामी समिति बनेर छानबिन गरौँ

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले एनसेल खरिद–बिक्रीबारे उच्चस्तरीय छानबिन समितिको हैसियतमा प्रश्न उठाएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले यस्ता धेरै समितिले सुटुक्क प्रतिवेदन बुझाउने गरेकी बताइन् । “प्रतिवेदन फुल हाउसमा या पत्रकार सम्मेलन गरेर दिन्छ कि सुटुक्क मन्त्रालयमा दिन्छ ? फेरि बालमन्दिरको जस्तै हुन्छ । यस्ता धेरै समिति देखियो त्यस्तै हुने हो ?,” उनले प्रश्न गरिन्, “के त्यो समितिको हैसियत छ ? प्रधानमत्री, पूर्वप्रधानमन्त्रीसँग बयान लिएर मिडियामा दिन सक्छ ? ल्याकत छ त्यो समितिको ? हैसियत छ ?”

बैठकमा उपस्थित नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई पनि उनले प्रश्न गरिन् । “त्यत्रो पैसा कहाँबाट आयो, यो एफडीआई हो कि हैन ? टेलिकम कम्पनी चलाउन साँच्चै विदेशी लगानी आ’को छ ? कति आ’को छ, कति लाग्यो त्यो चाहियो,” उनले भनिन्, “सुन्नमा के आएको छ भने नेपालकै लगानी छ यस (एनसेल) मा ।” नियामक निकाय कारबाही गर्ने दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । “नियामकले कारबाही किन नगर्ने भनेर पत्र पठाउने कि यस्तो किन भएन, यो विवरण बुझाऊ भनेको छ । नियामकसँग कारबाही गर्ने अधिकार छ, त्यो किन प्रयोग भएन ?”

एनसेलले अदालतको आदेश नमानेको विषयमा के भइरहेको छ भनेर उनले प्रश्न गरिन् । “यो सतिशलाल बक्यौता तिर्न नसकेर खारेज भएको स्मार्टकै हैन ? लाइसेन्स नवीकरण गर्दा २० अर्ब समय सान्दर्भिक छ कि छैन ?,” उनले प्रश्न गरिन्, “अहिले यो कानुन संशोधन गर्ने बेला भयो कि भएन ? एनसेलले हाम्रो अदालतले दिएको आदेश नमान्दा हामीले के गरिरहेका छौँ ।” एनसेल खरिद–बिक्री प्रकरणलाई सम्पत्ति शुद्धीकरणसँग पनि जोडेर हेर्नुपर्ने उनले माग गरिन् । “मनी लाउन्ड्रिङको पक्षबाट पनि हेरौँ । १० वर्षको अडिट रिपोर्ट मागौँ,” उनले भनिन्, “अहिलेको समितिले अहिलेका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसँग बयान लिन नसके हामी समिति बनेर छानबिन गरौँ ।”

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।