May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

देश र जनताका लागि नै टिकटक प्रतिबन्ध

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:३८
देश र जनताका लागि नै  टिकटक प्रतिबन्ध
  • सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध देश र जनताको हितमा छ
  • एउटा ठूलो जोखिमबाट जोगाउन सरकारको यस निर्णयको विरोध गर्नुको कुनै अर्थ छैन
  • सस्तो लोकप्रियताका लागि प्रचार गराउनेहरूले यसको विरोध गर्छन् 

काठमाडौं ।।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले टिकटकमाथिकोको प्रतिबन्ध देश र जनताको हितमा रहेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत यादवले टिकटकमाथिको प्रतिबन्ध समय सान्दर्भिक र सबै दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताएका छन् । “सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध देश र जनताको हितमा छ । समाजभित्र फैलिँदै गएको विकृति, अपराधलाई नियन्त्रण गर्न र समग्रमा देशलाई एउटा ठूलो जोखिमबाट जोगाउन सरकारको यस निर्णयको विरोध गर्नुको कुनै कारण वा तुक नै छैन,” उनले भनेका छन् ।

उनले विभिन्न समुदाय, धर्म, संस्कृति र भेषभुषाका व्यक्तिहरूबीचको सामाजिक सद्भाव र पारिवारिक एकतामाथि खलल पुर्‍याउने काम भइरहेकाले टिकटकलाई बन्द गरेर सरकारले निकै राम्रो काम गरेको बताएका छन् । “लामो समयदेखि टिकटकमार्फत भ्रम सिर्जना गरेर आम नेपाली जनतालाई गुमराहमा पारिरहेका केही व्यक्तिले सरकारको यो कदमको विरोध गरिरहेका छन् । टिकटकमार्फत भ्रम सिर्जना गराउने, सस्तो लोकप्रियताका लागि प्रचार गराउनेहरूले यसको विरोध गरिरहेका छन्,” उनले भनेका छन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।