September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष राईलाई पक्राउ

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १५:0६
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष राईलाई पक्राउ

विराटनगर ।नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई पक्राउ परेको छ ।
प्रदेशको नामाकरण विरुद्ध विराटनगरमा आयोजित पहिचानका लागि सडक साहित्यिक यात्रामा सहभागी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष राईलाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश संसद भवन नजिक कविता बाचन सुरु गरेका अध्यक्ष राईलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो । राईले कविता वाचन गर्न थालेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

महासंघ सुनसरीका अध्यक्ष राईसहित एकजना धरानका पत्रकार सन्जय याख्खा पनि पक्राउ परेका छन् ।

किराँत राई लेखक संघ, किराँत अन्तराष्ट्रिय साँस्कृतिक अभियान, याक्थुङ लेखक संघले आयोजना गरेको सडक साहित्यिक यात्रामा सहभागी हुन विभिन्न जिल्लाबाट साहित्यकारहरु विराटनगर आएका थिए ।

प्रदेशको नामाकरणमा पहिचान मेटाएर कोशी राखिएको विरोधमा किराँत–लिम्बुहरु विरोधका कार्यक्रम गर्दै आएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्