May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य

एउटै त्रिपालमुनि ११ परिवारको बास

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० 0८:१९
एउटै त्रिपालमुनि ११ परिवारको बास

जाजरकोट । एउटा त्रिपालमुनि कति परिवार बस्न मिल्छ होला ? एक, दुई बढीमा तीन परिवार। होइन जाजरकोटका भूकम्पपीडितले त्रिपाल र स्थान अभावमा एउटै त्रिपाल मुनि ११ परिवार बस्ने गरेका छन्।

जिल्ला सदरमुकाम खलंगास्थित कस्तुरी बोडिङ्ग स्कुलमा एउटै त्रिपालमुनि ११ परिवार सँगै सुत्ने गरेका छन्। भूकम्पले घर चिराचिरा पारेपछि त्रासले भेरी नगरपालिका ४ का ११ परिवार एउटै त्रिपालमुनि सुत्न बाध्य भएका हुन्।

भेरी नगरपालिका-४ का शिला पुन घर्ती, लक्ष्मी गिरी, धनसरा राना, कल्पना राना, सरस्वती पुन, कल्पना खत्री, शिला पुन, अनिता खड्का, सन्देश घर्ती, राजेश खत्री र महेश सिंहको परिवार एउटै त्रिपालमुनि सुत्ने गरेको उनीहरूले बताएका छन्। एउटै परिवारका दुईदेखि ५ जनासम्मको परिवार छ।

‘सबै गरी ३३ जना एउटै पालमुनि सुत्ने गरेका छौं। स्थानीय शिला पुन घर्तीले भनिन घरमा बस्न सकिने अवस्था छैन। त्रिपाल दिएका छैनन्। प्रत्येकले अलग अलग त्रिपाल हाल्ने ठाउँ पनि छैन। त्यही भएर सामूहिक रूपमा त्रिपालमा सुत्ने गरेका छौं। खाना खान आ(आफ्नो घरमा जाने र सुत्न मात्र त्यहाँ आउने गरेका छन्,’ उनले भनिन्।

सँगै सुत्दा कतिपयका केटाकेटी रुने कराउने, कतिपयले घुर्ने लगायतका समस्याले निन्द्रा नै नलाग्ने उनको बताइन्। त्यहाँ बस्ने धेरैजसो भाडामा बस्नेहरू पनि छन्। भाडामा बस्नेलाई स्थानीय तहले राहत नदिएपछि उनीहरू कोच्चिएर एउटै त्रिपालमा बस्न बाध्य भएका हुन्।

बोडिङ्गको आगनमा करीब १५ ओटा त्रिपाल र टेन्ट राखिएको छ। त्यहाँ करीव ५० बढी परिवारका दुई सय बढी बस्ने गरेका छन्। उक्त स्थानमा बसेका मध्य केही बालबालिकाहरू बिरामी परेका छन्। उनीहरूमा ज्वरो आउने, खोकी लाग्ने, निमोनिया लगायतका समस्या देखिएका छन्। सदरमुकाम भित्रकै यस ठाउँमा औषधोपचार र अन्य खानेकुरा लगायतका राहत सामग्री अभाव भएको कल्पना खत्रीले बताइन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० 0८:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।