sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आत्मनिर्भरताको आधार बन्दै ढाका उद्योग निनाम लोवात्ती

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ ११:१२
आत्मनिर्भरताको आधार बन्दै ढाका उद्योग निनाम लोवात्ती

निनाम लोवात्ती
बल्ल विश्वले जलवायु परिवर्तन, बेमौसमी बाढी, पहिरो, हिमताल विस्फोटन, वायु प्रदूषण, भोकमरी, डढेलो, पिउने पानीको संकट आदिको मुख्य कारण अरु कोही नभएर यही धर्तीका मानिसहरु नै हुन् भन्ने स्वीकार गर्न थालेको छ ।

हुन पनि जलवायु परिवर्तन, बेमौसमी बाढी, पहिरो, हिमताल विस्फोटन, वायु प्रदूषण, भोकमरी, डढेलो, पिउने पानीको अभाव आदिको मुख्य कारण सीमित मानिसले नाफामुखी उद्देश्य लिएर कृत्रिम ढंगले गर्ने उत्पादनमा जोड दिनाले हो ।

त्यसका लागि मानिसहरु अविवेकी भएर जथाभावी वनजंगल मास्दै, वातावरण विनाश गर्दै धेरैभन्दा धेरै उपभोग्य वस्तुको उत्पादन गर्ने ध्याउन्नमा मात्रै लाग्नु मुख्य कारण देखिन्छ ।

ब्नबलष् न्चयगउ
त्यसैले ढिलै भए पनि हाल विश्वभर नै ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारासहित नयाँनयाँ अभियान सुरु भएका छन् । यस कार्यमा चेतनाको वृद्वि दर पनि बढ्दो क्रममा रहेको देखिन्छ । खानेपिउने पदार्थदेखि लगाउने लुगाफाटा, सानाठूला झोला आदिका लागि अहिले सकेसम्म र आर्थिक हैसियतले भ्याएसम्म हातले बुनेका ढाका, अल्लोबाट बनेका कपडा, हातले बुनेका राडीपाखी, खाँडी ९घर बुना० आदि लगाउने चलन सुरुभएको छ ।

दिनदिनै यो क्रम बढ्दै गएको देखिन्छ । त्अर्थात्, मानिसहरु आनुधिकताका नाममा जथााभावी गर्नेभन्दा प्रकृति र प्रकृतिको नियमअनुसार चल्न थालेका छन् ।

न्यिदब िदबलप
त्यसैले यहाँ अल्लोरसिस्नो, गाँजा, केरा आदिको रेसाबाट बनेका कपडा, हातले बुनेका राडीपाखी, खाँडी आदिलाई छाडेर ‘तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, इलाम, संखुवासभालगायत पूर्वी क्षेत्रमा ढाका’ भनेर चिनिने र, हाते तानमा बुनिने लत्ताकपडाबारे लेख्ने जमर्को गरिएको छ ।

हुनत, परम्परादेखि नै लिम्बु जातिमा ‘थाका’ भनेर चिनिन्छ, ‘ढाका’लाई । स्मरणीय के छ भने लिम्बु भाषामा ‘थाक थाक्मा’ तान बुन्नुरतान बुन्ने भन्ने अर्थमा ‘थाका’ हुँदै ‘ढाका’ भएको हुनुपर्छ । त्यसो भए तापनि नेपालका आदिवासी जनजातिहरु जस्तै लिम्बु, कुलुङलगायत प्रायः सबै किरातीहरुमा अल्लो, सिस्नोको रेसा,राडीपाखी, खाँडी आदि लगाउने प्रचलन रहेको थियोरछ । हुनत ढाका कपडा भन्नाले केही समयअघिसम्म ‘पाल्पाली ढाका’ र ‘तेह्रथुमे ढाका’लाई मात्रै चिन्ने गरिन्थ्यो । विशेषगरी व्यावसायिक रुपमा ‘पाल्पाली ढाका’ र ‘तेह्रथुमे ढाका’लाई मात्रै चिन्ने गरिन्थ्यो ।

संभवतः ‘तेह्रथुमे ढाका’ उद्योगकी सञ्चालिका उज्ज्वलता तुम्बाहाङफेले तेह्रथुममा ढाकालाई व्यावसायिकरुपमा सुरु गरेकी हुन् । उनले तेह्रथुम जिल्लाको सदरमुकाम मेयोङ लुङ बजारमा आजभन्दा झन्डै ३२÷३३ वर्षअघि ‘तेह्रथुमे ढाका’ उद्योग दर्ता गरेर उद्योग सुरु गरेकी थिइन् । केही वर्षअघिसम्मको तथ्यांक हेर्दा तेह्रथुम जिल्लाबाट मात्रै ढाकाजन्य उत्पादन र लत्ताकपडा ३ करोड रुपैयाँभन्दा बढीको बिक्री हुनेगरेको देखिन्छ । अहिले कम्तीमा पनि ४–५ करोडदेखि ७–८ करोडसम्मको ढाका कपडा र ढाकाजन्य उत्पादन तेह्रथुम जिल्लाबाट बाहिर जाने अनुमान गर्न सकिन्छ ।

त्यसो त पाँचथर जिल्लाको थर्पु गाऊँकी कल्पना योङहाङ पनि विसं २०६२र०६३ देखि ढाका कपडा र ढाकाजन्य उत्पादनमा लागेकी छिन् । कल्पना नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनलाई नेपालमा मात्रै नभएर विश्व बजारमा चिनाउने र बजार व्यवस्थापन गर्ने काममा पनि लागेकी छिन् । यसका लागि उनले ‘द हाइल्यान्ड आर्ट’ नामक संस्थासमेत खोलेकी छिन् । उनका अनुसार सुरुमा उनले १५ हजार लगानीमा नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादन सुरु गरेकी थिइन् । यसरी नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादन, बजार प्रवद्र्धन र विक्री गर्न उनले कुनै सो रुम, अफिस वा कार्यलय खोलेकी छैनन् । उनी यी सबै काम सामाजिक सञ्जाल फेसबुकबाटै गर्छिन् ।

नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनहरुमा केके उत्पादन भई रहेका छन् त रु भनी प्रश्न गर्दा कल्पना भन्छिन् – ‘टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, सल, इस्टकोट, मेखली, कोट, दौरा, सुरुवाल, मफलर, पेटी, मेक्सी, बक्खु, जुत्ता, चप्पल, झोला आदि सरसमान तयार हुन्छन् । हाल अधिकांश नेपाली ग्राहकहरुले पनि विदेशमा रहेका आफन्तलाई कोसेली पठाउन र, आफै पनि सजाएर राख्न वा मेला, उत्सव तथा विभिन्न कार्यक्रममा लगाउन ढाका कपडा र ढाकाजन्य उत्पादनहरु किन्ने गरेका छन् ।

त्यस्तै लिम्बुलगायत आदिवासी जनजातिले गीत संगीतको भिडियो बनाउँदा, छोटो भिडियो फिल्म बनाउँदा, सिनेमा आदि सुटिङ गर्न कलाकारहरुले लगाउने पोसाकका लागि चाहिने कपडा किन्न वा भाडामा लिने रुचि पनि अहिले बढ्दो क्रममा छ ।

त्यस्तै नेपाल सरकारका कर्मचारी, सेना प्रहरी, सशस्त्र प्रहरीलगायत जिल्लाजिल्लामा घुमघाममा जाने÷आउने आन्तरिक पर्यटकले पनि कोसेलीको रुपमा टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, सल, इस्टकोट, कोट, सुरुवाल, मफलर, मेखली, फेटा, पेटी आदि लाने गरेका छन् । जुनजुन देशमा लिम्बु समुदाय र समग्र नेपाली पुगेका छन् ती देशहरुमा पनि ढाका कपडालगायत ढाकाजन्य उत्पादन पुग्न थालेको छ । यसरी हेर्दा तेह्रथुम, पाँचथर, धनकुटालगायत पूर्वी क्षेत्र र काठमाडौं, ललितपुर, भक्तपुरलगायत जिल्लामा पनि थुप्रै ढाका उद्योग खुलेर सञ्चालनमा आएको देखिन्छ ।

कतिपय व्यक्तिले समेत व्यक्तिगतरुपमा घरैमा तान लगाएर ढाका बुन्ने क्रम पनि बढ्दै गएको देखिन्छ । निश्चय नै यस्तो कार्यले व्यक्तिगत आय आर्जन गर्न र आत्मनिर्भरता बढाउन सहयोग पुगेको छ । यसबाट सरकारले पनि केही हदसम्म देशको बेरोजगार व्यवस्थापनमा सहयोग पाएको देखिन्छ । त्यसैले यस्तो स्वरोजगारी बढाउने कार्यक्रमलाई राज्यले खोजी खोजीकन सहयोग गर्नुपर्ने देखिन्छ ।
श्रोत ः बाह्रखरी

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid