April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

‘ज्याकी: आई एम ट्वान्टी वान’ को पहिलो गीत सार्वजनिक

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १३:२३
‘ज्याकी: आई एम ट्वान्टी वान’ को पहिलो गीत सार्वजनिक

रेनशा वान्तवा राईले निर्देशन गरेको फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’ पहिलो गीत सार्वजनिक भएको छ।

शुक्रबार काठमाडाैंमा एक कार्यक्रम गर्दै फिल्ममा समावेशी ‘कथा’ बोलको गीत सार्वजनिक गरिएको हो। कार्यक्रममा फिल्मका मुख्य कलाकारद्धय धिरज मगर र जसिता गुरुङले गीतमा नृत्य समेत गरेका थिए।

त्रिशला गुरुङ र रोहित शाक्यको स्वर रहेको गीतमा धिरज र जसिता फिचर्ड छन्। गीतको भिडिओलाई द वाइल्ड रिपर्ज क्रुले कोरियोग्राफी गरेको हो।

किरण थापाको शब्द रहेको गीतमा रोहित शाक्य र किरण थापाले संगीत भरेका छन्।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको फिल्ममा धिरज र जसितासँगै अरुण क्षेत्रीको पनि मुख्य भूमिका छ।

सुशन प्रजापतिले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन्। आईकोर फिल्म्स ब्यानरमा निर्माण भएको फिल्म वैशाख २१ गतेदेखि प्रदर्शन हुँदैछ।

रेनशाले निर्देशन गरेको पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो।

 (भिडिओ)

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।