July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

एन्टीबायोटिकसँगै ग्यास्ट्रिकको औषधि किन खान दिइन्छ ?

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:0८
एन्टीबायोटिकसँगै ग्यास्ट्रिकको औषधि किन खान दिइन्छ ?

हामी कुनै समस्या लिएर जब चिकित्सककहाँ पुग्छौं, उनले स्वास्थ्य जाँचपछि केही औषधि सिफारिस गर्छन् । त्यस्ता औषधिले कसरी काम गर्छ, के काम गर्छ, कति समयपछि काम गर्छ रु हामी खासै सोधीखोजी गर्दैनौं । धेरैजसो अवस्थामा यसरी सिफारिस गरिएको औषधिमध्ये एउटा चाहिं ग्याष्ट्रिकको हुन्छ ।

ग्यास्ट्रिकको समस्या होस् वा नहोस्, अन्य औषधिमा ग्यास्ट्रिकको औषधि पनि खानुपर्ने हुन्छ । यस्तो औषधि खासगरी खाली पेटमा खानुपर्छ ।

अन्य औषधिले पेटमा एसिड पैदा गर्छ

सामान्यतया धेरैजसो रोगका बिरामीलाई एन्टीबायोटिक दिइन्छ । एन्टीबायोटिकले पेटमा पुगेपछि एसिड पैदा गर्छ । यसैको कारण मुखमा अमिलो पानी आउने, डकार आउने, पेट ढुस्स हुने, शौच क्रिया नियमित नहुने जस्ता समस्या आउन सक्छ । यसैलाई कम गर्नका लागि एन्टीबायोटिकसँगै ग्यास्ट्रिकको औषधि दिइने गरिन्छ ।

किन खाली पेटमा खानुपर्छ ?

ग्यास्ट्रिकको औषधिले पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडलाई बढ्न कम गराउने भएकाले खाली पेटमा खान सल्लाह दिइन्छ । एसिड बढ्यो भने बिरामीले खाइरहेका औषधिले साइडइफेक्ट गराउन सक्छ, साथै पेटमा पनि समस्या ल्याउन सक्छ । त्यसलाई नियन्त्रण गर्न ग्यास्ट्रिकको औषधि खाली पेटमा खानुपर्ने हुन्छ । खानापछि यो औषधि खाँदा कम प्रभावकारी हुन्छ ।

यदि बिरामीले खानेकुरामा ध्यान दिएको छ र शरीरलाई चाहिने पोषणतत्वहरु मिलाएर खाएको छ भने ग्यास्ट्रिकको औषधि खानैपर्छ भन्ने हुँदैन । तर अहिले अधिकांशको खानपान त्यति सन्तुलित नहुने भएकाले यो औषधि खानुपर्ने देखिन्छ ।

कब्जियत, कोलन क्यान्सर, अल्सर र क्यान्सरका बिरामीले ग्यास्ट्रिकको औषधि छुटाउन हुँदैन । किनकि यी रोगमा मुख्य भूमिका पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिड हुन्छ । यी रोगमा पखाला लाग्ने, कब्जियत हुने, पेट अस्वस्थ हुने, पेटमा ग्यास बढ्ने जस्ता एसिडका कारण हुने समस्या हुन्छन् ।

(डा.अधिकारी मेडिकल अधिकृत हुन् ।)

 

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्