sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एन्टीबायोटिकसँगै ग्यास्ट्रिकको औषधि किन खान दिइन्छ ?

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:0८
एन्टीबायोटिकसँगै ग्यास्ट्रिकको औषधि किन खान दिइन्छ ?

हामी कुनै समस्या लिएर जब चिकित्सककहाँ पुग्छौं, उनले स्वास्थ्य जाँचपछि केही औषधि सिफारिस गर्छन् । त्यस्ता औषधिले कसरी काम गर्छ, के काम गर्छ, कति समयपछि काम गर्छ रु हामी खासै सोधीखोजी गर्दैनौं । धेरैजसो अवस्थामा यसरी सिफारिस गरिएको औषधिमध्ये एउटा चाहिं ग्याष्ट्रिकको हुन्छ ।

ग्यास्ट्रिकको समस्या होस् वा नहोस्, अन्य औषधिमा ग्यास्ट्रिकको औषधि पनि खानुपर्ने हुन्छ । यस्तो औषधि खासगरी खाली पेटमा खानुपर्छ ।

अन्य औषधिले पेटमा एसिड पैदा गर्छ

सामान्यतया धेरैजसो रोगका बिरामीलाई एन्टीबायोटिक दिइन्छ । एन्टीबायोटिकले पेटमा पुगेपछि एसिड पैदा गर्छ । यसैको कारण मुखमा अमिलो पानी आउने, डकार आउने, पेट ढुस्स हुने, शौच क्रिया नियमित नहुने जस्ता समस्या आउन सक्छ । यसैलाई कम गर्नका लागि एन्टीबायोटिकसँगै ग्यास्ट्रिकको औषधि दिइने गरिन्छ ।

किन खाली पेटमा खानुपर्छ ?

ग्यास्ट्रिकको औषधिले पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडलाई बढ्न कम गराउने भएकाले खाली पेटमा खान सल्लाह दिइन्छ । एसिड बढ्यो भने बिरामीले खाइरहेका औषधिले साइडइफेक्ट गराउन सक्छ, साथै पेटमा पनि समस्या ल्याउन सक्छ । त्यसलाई नियन्त्रण गर्न ग्यास्ट्रिकको औषधि खाली पेटमा खानुपर्ने हुन्छ । खानापछि यो औषधि खाँदा कम प्रभावकारी हुन्छ ।

यदि बिरामीले खानेकुरामा ध्यान दिएको छ र शरीरलाई चाहिने पोषणतत्वहरु मिलाएर खाएको छ भने ग्यास्ट्रिकको औषधि खानैपर्छ भन्ने हुँदैन । तर अहिले अधिकांशको खानपान त्यति सन्तुलित नहुने भएकाले यो औषधि खानुपर्ने देखिन्छ ।

कब्जियत, कोलन क्यान्सर, अल्सर र क्यान्सरका बिरामीले ग्यास्ट्रिकको औषधि छुटाउन हुँदैन । किनकि यी रोगमा मुख्य भूमिका पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिड हुन्छ । यी रोगमा पखाला लाग्ने, कब्जियत हुने, पेट अस्वस्थ हुने, पेटमा ग्यास बढ्ने जस्ता एसिडका कारण हुने समस्या हुन्छन् ।

(डा.अधिकारी मेडिकल अधिकृत हुन् ।)

 

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid