May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

निश्चल बस्नेतको ‘दिमाग खराब’ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १0:३४
निश्चल बस्नेतको ‘दिमाग खराब’ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट

काठमाडौं :

निश्चल बस्नेतको चौथो निर्देशकिय फिल्म ‘दिमाग खराब’ सेन्सर पास भएको छ। आइतबार केन्द्रिय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको हो । अब योृ फिल्म सबै उमेर समूहले हेर्न पाउने भएका छन्।

शुक्रबारबाट रिलिज हुन लागेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको अभिनय रहेको छ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण भएको फिल्ममा निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एक गीतमा विशेष भुमिकामा देखिएका छन्। सामाजिक,राजनीतिक विषयमा केन्द्रित रहेको फिल्ममा आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेका छन्। रौनक विक्रम कडेल निर्माता रहेको फिल्ममा सुरज बम ठकुरी कार्यकारी निर्माता हुन्।

सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा रहेको फिल्ममा बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ। फिल्मलाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन्। यो फिल्मलाई लिएर दर्शक निकै उत्साहित बनेका छन्।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १0:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।