sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विराटनगरमा पहिचानवादीको प्रदर्शन : निषेधित क्षेत्रमै मुख्यमन्त्रीको पुत्ला दहन

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १६:0६
विराटनगरमा पहिचानवादीको प्रदर्शन : निषेधित क्षेत्रमै मुख्यमन्त्रीको पुत्ला दहन

विराटनगर । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन गरिरहेका पहिचानवादीहरुले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गरेका छन् ।

प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउ पुगेका उनीहरुले चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । रोड शेषबाट अगाडी बढ्ने क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि उत्तेजित भएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका छन् ।

स्थानीय प्रशासनले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्र घोषणा गरिएको मुख्यमन्त्री कार्यालय आसपासमै अहिले प्रदर्शन भईरहेको छ ।
दिउँसो १ बजेदेखि प्रदर्शन सुरु भएको हो । प्रदर्शनमा माओवादी नेता गोपाल किराँती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रदर्शनका लागि जिल्लाजिल्लाबाट ठूलो संख्यामा पहिचानवादी प्रदर्शनकारी विराटनगर आएका छन् । आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको थियो ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid