April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला

मेयर हर्क साम्पांगलाई माफी माग्न २४ घण्टे अल्टिमेटम

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १0:२५
मेयर हर्क साम्पांगलाई माफी माग्न २४ घण्टे अल्टिमेटम

सुनसरी । धरान उप महानगरका वडाध्यक्ष सहित २८ जना कार्यपालिका सदस्यहरूले मेयर हर्क साम्पांगले माफी माग्नु पर्ने माग राखेको छ।
मेयरका स्वकीय सचिव सुदर्शन लिम्बुले हस्ताक्षर गरी वडाध्यक्षहरूलाई निर्देशनात्मक पत्र काटेको विषयमा विवाद बढ्दै जाँदा वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरूले मेयर साम्पांगले माफी माग्नु पर्ने माग राखेको हो । उनीहरूले आइतबार विज्ञप्ति जारी गदै २४ घण्टे अल्टिमेटम समेत दिएको छ ।

वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले मेयरले माफी माग्नु पर्ने माग राखेपछि धरान उप महानगरपलिकाको कार्यपालिका बैठकमा तनाव देखिएको छ ।

मेयरका स्वकीय सचिवले सुदर्शन लिम्बुले विधि विपरीत सर्कुलर जारी गर्दै आर्थिक वर्ष ७९र ८०मा सञ्चालित योजनको सूची पठाउन फागुन २९ गते निर्देशन दिएको थियो । उनले स्वकीय सचिवको हैसियतमा फागुन २९ गते सबै वडा कार्यालयमा पत्र पठाएको थियो ।

लिम्बूले पत्र काटेको विषयमा गत १ चैत्रमा कार्यपालिका बैठकमा वडाध्यक्षहरूले आपत्ति जनाएपछि मेयर साम्पाङले मैले अह्राएको भन्दै जिम्मा लिएको थियो । सो बैठकमा मेयर साम्पाङ र वडाअध्यक्षहरुबीच चर्काचर्की परेपछि मुख्य एजेन्डामा प्रवेश नगरी नै बैठक स्थगित भएको थियो ।

मेयर साम्पाङले कार्यपालिका बैठक भाँड्ने गरी अराजक र अत्यन्तै अमर्यादित भाषा शैलीमा प्रस्तुत भएको भन्दै वडा अध्यक्षहरु विरोधमा उत्रिएको छ । कार्यपालिका बैठकमा स्वकीयले पत्र काटेको विषयमा प्रश्न गर्ने धरान १० का वडाध्यक्ष विवेक राईलाई मेयर साम्पांगले अनुशासनहीनता देखाउनुको कारण खुलाएर पत्र प्राप्त भएको मितिले ३ दिनभित्र स्पष्टीकरण सोधेको थियो । उनले, चित्त बुझ्दो स्पष्टीकरण नआए कार्यपालिका बैठक भाँडेको कसुरमा कानुनअनुसारको सजाय हुने ब्यहोराको पत्र गत चैत्र ३ वडाध्यक्ष राईलाई पठाएको थियो ।

मेयर साम्पाङले स्पष्टीकरण बुझाउन उर्दी जारी गर्दै वडाध्यक्ष राईलाई स्पष्टीकरणका सोधपछि आक्रोशित उपमहानगरका वडाध्यक्ष र कार्यपालिका सदस्यसहित २८ जनाले हस्ताक्षर गरेको विज्ञप्ति जारी गरिएको छ ।
मेयर साम्पाङले माफी नमागे चरणबद्ध आन्दोलन गर्ने र अख्तियारको दुरुपयोग गरेकाले सम्बन्धित निकायमा कानुनी कारबाहीका लागि उजुरी गर्ने बताए ।
धरान १७ का वडाध्यक्ष तथा नगर कार्यपालिका प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज) ले मेयर साम्पाङले एकल निर्णयका भरमा नगरपालिका चलाउन खोजेको आरोप लगाए ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट